सीमा अतिक्रमणबारे बेखबर, एउटै व्यक्तिको घर सीमा वारिपारि कसरी ?

काठमाडौं । नरैनापुर गाउँपालिका–२ रोशनपूर्वा गाउँका मोहम्मद जमाल सेखको दसगजासँगै जोडिएर वारि (नेपाल) र पारि (भारत) दुवैतिर घर छ। दसगजा क्षेत्रमा भैंसी बस्ने आहालजस्तो ठाउँठाउँमा पानी जमेको छ। वारिपारि दुवैतिरका घरको चापाकलको पानी यहीं जम्छ। सेखले आफ्नो घरको पानी दसगजामा नआउने बताए। उनले भने, ‘यी हेर्नुस्, वारि र पारि दुवैतिर मेरो घर छ। मेरो घरबाट पानी त दसगजामा आएको छैन।’

एउटै व्यक्तिको घर सीमा वारिपारि कसरी ? उनले भने, ‘कसैको जमिन नेपालमा छ, घर भारतमा छ। कसैको घर नेपालमा छ, जमिन भारतमा छ।’ सेखको भनाइमा वडा नम्बर २ का अध्यक्ष मसुद अहमद साहले पनि सहमति जनाए। उनले भने, ‘अहिले निकै कम मानिसको मात्र दुवैतिर घरजग्गा छ। स्थायी बसोबास नेपालमै छ। जग्गा भारतमा पनि छ।’

नरैनापुर गाउँपालिकाबाट बस्ती पुग्न नेपालबाट बाटो छैन। भारतीय बाटोबाटै जानुपर्छ। गाउँ नेपाली बस्तीजस्तै लाग्दैन। बस्तीका ‘दुई देशका साझा नागरिक’ ले सीमा अतिक्रमण भएको कसैले पनि थाहा नपाएको बताए। गाउँमा दसगजासँगै जोडिएका नेपालीका ५० घर छन् भने भारततिर त्यो भन्दा बढी घर छन्। गाउँभरि नेपालतिर तीन सय ३६ र भारतमा एक हजार बढी मतदाता छन्।

रोशनपूर्वा मात्र होइन, यही वडाको बानियाँ गाउँ पनि दसगजाकै बस्ती हो। यहाँ पनि दसगजाको दुवै किनारमा उस्तै बस्ती छ। वडा नम्बर ४ घोडदौडिया र वडा नम्बर ५ को हुलासपूर्वाको अवस्था पनि उही हो। दसगजाका चारवटै बस्तीको नाम एउटै छ। घोडदौडिया दसगजाको संयुक्त बस्ती हो। जहाँ सीमा मिचिएको शंका छ। शुक्रबार बिहान संवाददाता घोडदौडिया गाउँ पुग्दा दसगजा क्षेत्रमा गाईबस्तु बाँधिएका थिए। मलखाद थियो।

दुवैतिरका बासिन्दा दसगजामा निर्धक्क खटिया राखेर बसिरहेका थिए। मानौं, दसगजा उनीहरुको आँगन हो।गाउँमा दसगजासँगै जोडिएर नेपाली भूमिमा डेढ सय घर बनेका छन्। उत्तिकै संख्यामा भारततिर पनि छन्।

६० वर्षीया डुन्डु चमारले भारततिर खेत भएको कागज देखाए। ‘यही कागजका आधारमा भारतमा मालपोत तिर्छौं’, उनले भने, ‘धेरै जनाको जग्गा भारतमा पनि छ।’ यही बस्तीमा बस्ने नरैनापुर–४ का वडा सदस्य घिराउ पठानले पनि दुवैतिर घरजग्गा भएको स्वीकारे। पूर्वगाविस सचिव अशोककुमार श्रीवास्तवले भारतमा जग्गा हुने नेपाली किसानलाई भारत सरकारले किसान बही ९लालपुर्जा० दिएको बताए।४ं। भारत सरकारले नेपाली किसानलाई दिएको किसान बही ९लालपुर्जा०।भारत सरकारले नेपाली किसानलाई दिएको किसान बही ९लालपुर्जा०।

तर उनीहरू सबैले भारतले बनाएको सीमा सडकले बस्ती डुबानमा परेको बताए। नेपाली भूमि अतिक्रमण भएकोबारे जानकारी नै नभएको प्रतिक्रिया उनीहरूको छ। सो क्षेत्रमा सीमा स्तम्भ पनि हराएका छैनन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अमहद साहले आफूले पनि सीमा अतिक्रमण भएको सुनेको बताए। ‘सीमा मिच्ने नराम्रो कुरा हो। कहाँ के भएको रहेको छ, मलाई केही थाहा छैन। सीमाको नक्सा त संघीय सरकारसँग होला।’

बाँकेमा नेपाली भूमि अतिक्रमण भएको भनिएको डुडुवा गाउँपालिकाको सन्तलिया गाउँमा बिहीबार पुग्दा सन्तलिया गाउँको नामोनिसान भेटिएन। दुवै देशका गाउँको नाम सन्तलिया थियो। ‘०६३ सालको बाढीले बस्ती उठिबास लगायो’, डुडुवा–१ का वडाध्यक्ष ७३ वर्षीय पटेश्वर कुर्मीले बेलिविस्तार लगाए, ‘पहिले दसगजामै बाक्लो बस्ती थियो। नेपालतिर ८०र९० घर र भारततिर ७०र८० घर थिए। बाढी आउन थालेपछि सबै उठेर गए।’डुडुवा–१ को दसगजामा रहेको सन्तलिया गाउँ क्षेत्र।

यो ठाउँमा भारततिर मन्दिर र नेपालतिर घर र मस्जिदका अवशेष छन्। भारतीय क्षेत्रमा रूख लगाइएको छ। बस्ती नभए पनि भारतले निर्माण गरेको सडकयता भारतीय बस्तीमा अझै पनि नेपालीको जग्गा छ। जुन अहिले भारतीय भूमिमा पर्छ। ‘हाम्रा पुर्खाको पालामा तीन किलोमिटर परसम्म नेपाली भूमि थियो रे। अहिले सबै भारतमा पर्छ’, कुर्मीले भने, ‘अहिले पनि सन्तलियादेखि प्रिपहवासम्म भारतीय भूमिमा नेपालीको ५० बिघाभन्दा बढी जग्गा छ।’

डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले भने, ‘मैले ५१ हेक्टर अतिक्रमण भएको सुनें। कहाँनेर हो थाहा भएन। मेरो गाउँपालिकाको वडा नम्बर १, २ र ६ सीमामा पर्छन्। नेपाली भारतमा र भारतीय नेपालमा बस्छन्। कुन ठाउँमा अतिक्रमण भएको रहेछ म पनि बुझुँला।’ भारतमा जग्गा हुने किसानलाई त्यहाँको सरकारले किसान बही दिएको छ। यसैको आधारमा उनीहरु मालपोत तिर्छन्। नेपाल–भारत दुवै क्षेत्रमा घरजग्गा नरैनापुर र डुडुवा गाउँपालिका सीमावर्ती क्षेत्रका जनप्रतिनिधिको पनि छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमा अतिक्रमणबारे अनभिज्ञता जनाए। उनले अन्नपूर्णसँग भने, ‘कहाँ अतिक्रमण भएको छ रु यसबारे कहाँ जानकारी आएको छ रु मलाई त केही पनि थाहा छैन।’ सशस्त्र प्रहरी बलका अनुसार बाँकेमा ठूला ३२ र साना दुई सय ७५ गरी तीन सय सात सीमा स्तम्भ छन्। तीमध्ये ठूला चारवटा खोलाले बगाएको छ। एएटा मर्मत गर्नुपर्नेछ। २७ वटा राम्रा छन्। साना दुई सय ७५ मध्ये २१ वटा मर्मत गर्नुपर्ने, तीन वटा पुनर्निर्माण भइरहेको र पाँच वटा खोलाले बगाएको छ। नापी विभागले भारतीय पक्षसँग संयुक्त रूपमा स्तम्भ मर्मत र नयाँ राख्ने काम थालेको छ। भारतले बनाएको सडक र लक्ष्मणपुर बाँधका कारण नेपाली भूमि बर्सेनि डुबानमा पर्दै आएको छ। अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…