दालचिनीमा मह मिसाएर खादाको छ फाइदा के–के हुन् ?

दालचिनी प्रायः सबै घरमा पाइने मसला हो । यसमा भएका गुणले स्वास्थ्य र सौन्दर्य दुवैलाई फाइदा गर्छ । अझ यसमा मह पनि मिसाइयो भने त यसको असर दुईगुणा बढ्छ । यसका यस्ता फाइदा हुन्छन् । गाउँघरमा लोकल रक्सीमा समेत दालचिनी हालेर पकाउने गर्छन । जसले गर्दा रक्सीको स्वाद बढाउने प्रचलन अझै पनि विद्यमान छ ।

मोटोपना
एक गिलास पानीमा एक चम्चा दालचिनीको धूलो हालेर उमाल्नुस् । अनि यसमा दुई चम्चा मह हाल्नुस् । राति सुत्नुअघि यसको सेवन गर्नुस् ।

क्यान्सर
कलेजोको क्यान्सर र हड्डी बढेको समस्यामा दालचिनी र महको सेवन लाभदायक हुन्छ । दिनदिनै एक गिलास तातो पानीमा एक चम्चा दालचिनीको धूलो र एक चम्चा मह मिसाएर पिउनुभयो भने लाभ हुन्छ ।

मुटुरोग
चियामा दालचिनी हालेर पिउनुस् । यसको सेवनले हृदयाघातको सम्भावना घटाउँछ ।

रुघाखोकी
रुघाखोकी र गलाको समस्या भएमा एक चम्चा महसँग एक चिम्टी दालचिनी मिसाएर खाँदा छुटकारा पाइन्छ ।

सौन्दर्य
छाला र कपालको सौन्दर्य पनि दालचिनीले बढाउँछ । यसले छाला चम्काउँछ र चाउरी कम गर्छ । कागतीको रसमा मिसाएर दालचिनीको धूलो र मह दल्नुभयो भने डण्डीफोर हराउँछन् ।

जोर्नीको पीडा
जोर्नीको पीडा भएमा दिनदिनै एक गिलास तातो पानीमा दालचिनी मिसाएर सेवन गर्दा फाइदा हुन्छ । यसका अतिरिक्त मनतातो पानीमा दालचिनीको धूलो हालेर मालिस गर्दा पनि पीडा शान्त हुन्छ ।एजेन्सीको सहयोगमा

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…