वर्ल्डलिंकले भित्र्यायो १ अर्ब ३५ करोड विदेशी लगानी

काठमान्डाैं / नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले १२ मिलियन डलर अर्थात एक अर्ब ३५ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको छ । बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपले वर्ल्डलिंकमा उक्त लगानी गरेको हो । यससँगै वर्ल्डलिंक इन्टरनेट सेवाको क्षेत्रमा विदेशी भित्र्याउने पहिलो कम्पनी बनेको छ । प्राप्त विदेशी लगानीलाई वर्ल्डलिंकले देशका अति विकट गाउँहरूमा उच्चस्तरीय इन्टरनेट पुर्‍याउन सदुपयोग गर्ने जनाएको छ । नेपालभर इन्टरनेट सेवा विस्तार गर्ने वर्ल्डलिंककाे महत्वाकांक्षी योजनामा साथ दिने गरी बेलायत सरकारको स्वामित्वमा रहेको सीडीसीले उक्त लगानी गरेको हो । इक्वीटीको रुपमा लगानी गरेको सीडीसीलाई १० प्रतिशत शेयर बिक्री गरिएको छ ।

सीडीसीका अनुसार देशका अधिक दुर्गम क्षेत्रहरूका हजारौं घरपरिवार र साना उद्यमीहरूलाई इन्टरनेटमा जोड्न आफ्नो लगानीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ । ‘एशियाका अन्य मुलुकको तुलनामा नेपालमा डिजिटल सेवाको पहुँच कम रहेको छ,’ सीडीसीले भनेको छ, ‘जसले देशका अधिकांश समुदायहरु र व्यवसायको विकास हुन सकेको छैन । त्यसैले सर्वसुलभ र गुणस्तरीय इन्टरनेटमा सर्वसाधरणको पहुँच सुधार गरी नेपालको विकास र आर्थिक बृद्धिमा समेत हाम्रो लगानीले मद्दत पूग्ने विश्वास उसल् व्यक्त गरेको छ ।

‘समुदायलाई गरिबीबाट मुक्त गर्न सहयोग पुर्‍याउने कार्यमा इन्टरनेट सेवाले पुलको रुपमा काम गर्ने छ भन्नेमा हामी विश्वस्त छौं,’ सीडीसीका प्रबन्ध निर्देशक तथा एसिया प्रमुख श्रीनि नागराजनले भने, ‘नेपालभर इन्टरनेटको उपयोगिताले मझौला तथा साना उद्योगहरूलाई विश्व व्यापार र बजारमा पहुँच पुर्‍याउन मद्दत गर्नेछ भन्ने हाम्रो मान्यता हो ।’ सीडीसीको पूँजीले यसलाई छिटो छरीतो र विश्वस्तरिय बनाउन, यसलाई अझ टाढाका क्षेत्रहरूमा सेवा पुर्‍याउन मद्दत गर्ने र कर्मचारीको वृद्धि विकासमा समेत मद्धत पुग्नेछ नागराजनले बताए ।

वल्र्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालले सीडीसीका लागि नेपालकाे पहिलो शेयर लगानीको साझेदार हुन पाएकोमा यतिबेला गौरव अनिभुती गरिरहेको र आफूप्रतिको विश्वासलाई कमजोर हुन नदिने प्रतिवद्धता व्यक्त गरे । ‘यो हाम्रो २४ बर्षको मेहनत तथा नेपालको इन्टरनेट र टेलिकम उद्योगप्रतिको विश्वास पनि हो,’ उनले भने, ‘सीडीसीले हामीप्रति देखाएको हार्दिकताले अब वर्ल्डलिंकको लक्ष विश्वस्तरीय कम्पनीमा रूपान्तरण हुने नै हो ।’

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…