१९ वर्ष अघी झापाकाे चारआली जंगलमा बलात्कार गरी रुखमा झुण्ड्याइएको अभियोगमा अमेरिका फरार रहेका गौतम नेपाल अउनसाथ परे पक्राउ

यस्ताे छ घटनाकाे नालीबेली

झापा / देशभर बलात्कारका घटना बढीरहेका बेला प्रहरीले दुई दशक अघिको बलात्कारपछि हत्यामा संलग्न एक ब्यक्तिलाई पक्राउ गर्न सफल भएको छ । झापाको चन्द्रगढीमा बलात्कार पछि हत्या गरेर अमेरिका फरार भएका एक ब्यक्ति १९ वर्षपछि पक्राउ परेका हुन् । बुधबार बिहान टर्की एयरको विमान काठमाडौं विमानस्थलमा ओर्लनासाथ नेपाल प्रहरीको एक टोलीले झापाको चन्द्रगढी–३ का लीलाराज गौतमलाई पक्राउ गरेको हो । विमानबाट ओर्लनेवित्तिकै अमेरिकाबाट नेपाल आइपुगेका गौतमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एक दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका चन्द्रगढी–३ का ४२ वर्षीय गौतमलाई इन्टरपोल वाशिंटनको सक्रियतामा सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरी अमेरिकाकै हिरासतमा राखिएको थियो । नेपाल प्रहरीले गरेको निरन्तरको पत्राचारपछि अमेरिकी अध्यागमनका न्यायाधीशले सन् २०१८ सेप्टेम्बर ५ मा उनलाई नेपाल पठाउने आदेश दिएका थिए । सोही आदेश अनुसार उनलाई टर्कीस एयरबाट बुधबार काठमाडौं ल्याइएको हो ।

यस्तो थियो घटना

चन्द्रगढी– ३ की सन्ध्या राजबंशी वि.सं. ०५७ साल असोज २९ गते राति चारआली जंगल छेऊको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिइन् । सन्ध्यालाई सामुहिक बलात्कार गरेर घाँटी थिची हत्या गरी रुखमा झुण्ड्याइएको अभियोगमा प्रहरीले लीलाराज गौतम, मनोज खड्का र सीताराम बस्नेतलाई पक्राउ गरी मुद्दा चलायो । घटनाको भोलिपल्ट असोज ३० गते मृतकका बुवा राजकुमार राजबंशीले जिल्ला प्रहरी कार्यालय झापामा दिएको जाहेरीका आधारमा तीन जनाविरुद्ध मुद्दा अगाडि बढेको थियो ।

तर, झापा जिल्ला अदालतले ०५८ कात्तिक २१ गते लीलाराज गौतमलाई मुद्दाबाट सफाइ दियो । सोही साल चैत २८ गते पुनरावेदन अदालत इलामले पनि जिल्ला अदालतकै फैसलालाई सदर गर्दै गौतमलाई जोगायो ।  हत्याको घटना भएको ९ वर्षपछि सर्वोच्च अदालतले ०६६ साल भदौ २९ गते अर्को फैसला सुनायो । सर्वोच्चले तल्ला अदालतको फैसलालाई उल्ट्याउँदै लीलाराज गौतम समेतलाई जन्मकैदको सजाय सुनायो । सर्वोच्चले यस्तो फैसला सुनाउँदा गौतम प्रहरीको पञ्जाबाट उम्किइसकेका थिए ।

प्रतिवादी गौतम ०५७ कात्तिक १ देखि ०५८ साउन ३२ सम्म १० महिना थुनामा परेका थिए । सो अवधि कट्टा गरेर उनलाई १९ वर्ष २ महिना जेलमा राख्न सर्वोच्च अदालतले ०६६ सालमै फैसला सुनाउँदा उनी अमेरिका पुगिसकेका थिए ।

गौतम यसरी भेटिए अमेरिकामा

सर्वोच्च अदालतले १९ वर्ष दुई महिना कैद गर्न आदेश दिएका गौतम अमेरिकामा रहेको गत वर्ष मात्र खुलासा भएको हो । सन् २०१८ जनवरी ५ मा गौतम अमेरिकामा रहेको सुइँको नेपाल प्रहरीले पाएको थियो ।  ०७४ साल असोज २६ गते प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट गौतमलाई पक्राउका लागि रेड कर्नर नोटिस जारी गरिदिन इन्टरपोल वाशिंटनलाई पत्राचार गरिएको थियो । सोही पत्रका आधारमा मंसिर १२ गते रेड नोटिस जारी भएको थियो ।

नेपाल प्रहरीले इन्टरपोललाई उपलब्ध गराएका सम्पूर्ण कागज पत्रका आधारमा २०१८ फेबु्रअरी १३ मा गौतमलाई अमेरिकी प्रहरीले गिरफ्तार गरेको थियो । पक्राउ परेको करिब डेढ वर्षपछि उनी नेपाल प्रहरीको नियन्त्रणमा आइपुगेका छन् ।

कालले छाड्ला प्रहरीले छाड्दैन्–एसपी मैनाली

जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्न आए लगत्तै भएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दिनेशराज मौनालीले प्रहरी पछि लाग्ने काम नगर्न आग्रह गर्दै भनेका थिए–प्रहरीपछि लाग्ने काम नगर्नुहोस्, कालले छाड्ला प्रहरीले छाड्दैन ।  उनले झापाको शान्ति सुरक्षाका लागि कसैसंग सम्झौता नगर्ने बताए । एसपी मैनालीले अपराध गरेर विश्वका जुनसुकै स्थानमा पुगेपछि पक्राउ गरि छाड्ने उल्लेख गरे ।

Loading…

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

गोरु पक्रदा एसपीको सरुवाको चलखेल !

१९ वर्ष अघी झापाकाे चारआली जंगलमा बलात्कार गरी रुखमा झुण्ड्याइएको अभियोगमा अमेरिका फरार रहेका गौतम नेपाल अउनसाथ परे पक्राउ

आयुर्वेदको बेथिति रोक्न बल्ल अनुगमन

संविधान दिवस मनाउन झापामा नेकपाको तयारी तीव्र

मेघामा दशै तिहार बहार, सामान किन्दा उपहारै उपहार

गैर नेपालीलाई नागरिकता दिन जनप्रतिनिधिनै सम्लग्न रहेको खुलासा

झापामा अपराधको जालो : बिप्लका कार्यकर्ता पक्राउ परे पालै पालो

प्रमाणपत्रका भरमा आयुर्वेद क्लिनिक : कविराज र वैद्यले जाँच्छन् विरामी

आयुर्वेद उपचार पद्दतिमा ब्रह्रलुट : उपचारको क्रममा महिलाको मृत्यु, नियमनकारी निकाय बेखवर

घर पाउँदा नाँचगान : ३४ विपन्न परिवारलाई नयाँ घर, सन्थाल बस्तीमा खुशीयाली (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…

Loading…