सुन्दरहरैचामा प्रथम गोकुलम भेट्रान फुटसल प्रतियोगिता हुने

सुन्दरहरैचा / सुन्दरहरैचा नगरपालिकामा प्रथम गोकुलम भेट्रान फुटसल प्रतियोगिता हुने भएको छ । विराटचौक भेट्रान क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको खेल समय र पुरस्कार राशी आज पत्रकार सम्मेलन मार्फत आयोजकले सार्वजनिक गरेको छ ।

कार्तिक ०९ गते देखि आयोजना हुने उक्त प्रतियोगिता कार्तिक १० गते सम्म हुने अयोजकले बतएको छ । दक्षिणी अमेरिकाबाट उदाएको फुटसल खेल नेपालमा पनि दिनानुदिन लोकप्रिय बन्दै गईरहेको छ । स्वस्थ्यको दृष्टिकोणले सबैलाई उपयुक्त यो खेल सबै उमेर समुहम त्यति नै मात्रामा लोकप्रिय देखिन्छ भने जुनसुकै मौसममा समेत यो खेल खेल्न सकिन्छ ।

उक्त प्रतियोगितामा ३५ वर्षको १ जना र ३८ वर्ष देखि माथि ७ जना सहभागी हुन पाउने आयोजकले बताएको छ । खेल समयवधी भरी उक्त प्रतियोगितामा २४ वटा टिम सहभागिता हुने आयोजकले बताएको छ भने खेलमा सहभागि हुने टिमका प्रत्येक खेलाडिले आफ्नो मतदाता परिचय पत्र वा नागरिकतको सक्कल पेश गर्नु पर्ने कार्यक्रम संयोजक युगेन गुरुङले बताएका छन ।

आयोजकले प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५०,००० ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद रु २५,००० ट्रफी र प्रमाणपत्र , सर्वोत्कृष्ट खेलाडिलाई नगद रु २,००० ट्रफी र प्रमाणपत्र , बढी गोलकर्तालाई नगद रु १,५०० ट्रफी र प्रमाणपत्र र उत्कृष्ट गोलकिपरलाई नगद रु १,५०० ट्रफी र प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलन मार्फत संयोजक गुरुङले बताए । प्रतियोगिता सुन्दरहरैचा स्थित विराटचौकमा रहेको प्लानेट फुटसलको खेल मैदानमा हुने आयोजकले बताएको छ ।

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सुन्दरहरैचामा प्रथम गोकुलम भेट्रान फुटसल प्रतियोगिता हुने

पाथिभराकाे तेस्रो वार्षिक साधारण सभा सम्पन्न

विराट एक्स्पाे २०७६ हुने

सुन्दरहरैंचा आइडलको सेमिफाइनलमा छानिए १० प्रतिष्पर्धी

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

हाजिरीजवाफ प्रतियोगितामा स्कोलर्स होम प्रथम

सुन्दरहरैंचा राधाकृष्ण रथयात्रामा जे देखियाे… ( १९ तस्विरहरू)

बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया

सुन्दरहरैचाको शुक्रबारेमा सिद्वार्थ गौतम बाल स्तम्भ

सुन्दरहरैंचामा विराट साहित्य समाजकाे साहित्यिक कार्यक्रम सम्पन्न

तपाईको प्रतिक्रिया

Loading…

Loading…