रौतहट बम बिस्फोटका घाइतेहरु प्रहरी सम्पर्कमा, अब अनुसन्धान सहज हुने

रौतहट / २०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम बिस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएका छन् । बम बिस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताइएको छ । घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरीले घाइतेहरुबाटै संकलन गरिसकेको जनाइएको छ ।

अनुसन्धान क्रममा एक सातादेखि प्रहरी हिरासतमा रहेका घटनाका आरोपित सांसद महम्मद आफताब आलमले बयानका लागि मुखै नखोले पनि बिस्फोटमा परेर घाइते भएका दुईजनाले बताए दिइसकेका छन् । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…