आमा छोरीको हत्यारा प्रहरीद्वारा सार्वजनिक, प्रेम अफल नै हत्याको मुख्य कारण

उदयपुर / उदयपुरमा गत शुक्रबार राति आमा छोरीको घाटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेकोलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । त्रियुगा नगरपालिका ९ राजाबासकी आमा २८ वर्षिय शारदाकुमारी चौधरी (गोमा) र छोरी ६ वर्षिय रचना कुमारी चौधरीको धारिलो हतियारले घाँटी रेटी काटी निर्मम तवरले हत्या गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

हत्यामा संलग्न लहान नगरपालिका २ मटरुवा घर भई हाल त्रियुगा नगरपालिका ३ स्थित मोतिगडामा मिठाई पसल संचालन गर्ने वर्ष ४० का रामहरीलाई विहिबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । अभियुक्तले शुक्रबार साँझ अन्दाजी ७ बजेको समयमा घाँटीमा सलले कसी घटना घटाएको र पछि मृतकको घरको भर्याङ मुनी घाटी रेटी काटी मारेको अभियुक्तले स्वीकार गरेकोलाई उध्रित गर्दै पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले पत्रकार सम्मेलनमा जानकारी दिइएएको छ । पत्रकार सम्मेलनमा अभियुक्तले पहिले आमालाई र पछि छोरीलाई पालैपाले घाँटीमा सलले कसी मारेको र मरेपछि अभियुक्तले धारिलो हतियार प्रहार गरेको एसपी मगरले जानकारी दिए ।

मृतकको घरमा आउजाउ गरिरहने साहमाथि शंका गरी अनुसन्धान गर्दा मृतक महिलाको कानबाट लुछिएको सुनको गहना २ वटा बटारेको (बेरुवा) रिङ्ग र पानको पात जस्तो आकारको पोते बिनाको सुनको लकेट (मंगलसुत्र) साहको कोठामा छापा मार्दा फेला परेको, मृतक महिलाले प्रयोग गर्ने चारवटा मध्ये तीनवटा मोवाइल सिम साहकै नाममा रहेको र विवाह गर्ने गरी लामो समय महिलासंग प्रेम गरेपनि असफल भएपछि हत्या गरेको वयानसमेतलाई आधारमानी प्रहरी अन्तिम निष्कर्षमा पुगेको एसपी मगरले बताए ।

साहले योजनाबद्ध ढंगले घटना घटाएको अनुसन्धानले देखाएको छ । श्रीमती नहुने भन्ने भएपछि मानसिकरुपमा विक्षिप्त भएका साहले दशै अघिदेखि नै हत्याको योजना बनाएको र आमाछोरी दुईजनामात्र घरमा भएको मौकामा घटना घटाएको बयान दिएको प्रहरीले जनाएको छ । गत २४ गते शुक्रबार राति माइती पक्षले मृतकको मोबाइलमा फोन गरेपनि फोन नउठेपछि आफ्न्तलाई उनको घर पठाएको थियो । आफ्न्त मृतकको घरमा आई हेर्दा बाहिरबाट चुकुल लागेको देखेपछि चुकुल खोलेर घरभित्र पस्दा आमा छोरीको घाटी रेटी हत्या भएको देखेपछि छरछिमेक हुँदै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनाको प्रकृतिमुचुल्का उठाउनुका साथै गहिरो अन्सन्धान थालेको ६ दिनमै अपराधी पत्ता लगाएको हो । मृतकसंग सम्बन्ध भएका, व्यवहार गरेका स्थानीय छरछिमेकी, आफन्त र संकास्पद करिब दुईसय व्यक्तीहरुसंग सोधपुछ तथा अनुसन्धानपछि प्रहरी निश्कर्षमा पुगेको जनाएको छ । प्रहरीले धरानबाट तालिम प्राप्त लैला नामक कुकुर झिकाएर अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा मगाएको तालिम प्राप्त कुकुर हत्यारासम्म पुग्न नसकेर त्यसै फर्किएपनि हत्यारा पत्ता लगाउन उदयपुर प्रहरी सफल भएको हो ।

खेतको बीचमा रहेको घरमा चौधरी आमाछोरी मात्रै बस्दै आएका थिए । शारदाका श्रीमान सिताराम चौधरी रोजगारको सिलसिलामा २ वर्षदेखि मलेसियामा रहेको थियो । उनी गत मंगलबार नेपाल आई शव बुझेर दाहसंस्कार गरिसकेको छ । मृतकका श्रीमान सिताराम चौधरीले घटनाको निश्पक्ष ढंगले अनुसन्धान हुनु पर्ने र घटनामा अन्य व्यक्ति पनि हुन सक्ने आशंका गरेको छ । उनले घरबाट पैसा र गरगहना समेत गायव भएको बताए । मृतक र अभियुक्त विचको सम्बन्ध विगत तीन वर्षदेखि रहेको अनुसन्धानबाट खुल्न आएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…