संखुवासभामा ५ किलो सुनसहित पक्राउ परेका तोप्चेन सार्वजनिक

संखुवासभा / सोमबार संखुवासभाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई प्रहरीले सार्वजनिक गरेको छ । तोप्चेनलाई बुधबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । विशेष सुराकीको आधारमा चेपुवा प्रहरीले तोप्चेनलाई भोटखोला गाउँपालिका–२ को घट्टेखोलाबाट पक्राउ गरेको थियो।

चिनबाट किमाथांका नाका हुँदै नेपाल ल्याउदै गरेको अवैध सुन सहित भोटे पक्राउ परेका थिए । चेपुवा प्रहरीले भोटेको झोला खानतलासी गर्दा रातो झोलामा टेपले बाँधेर राखेको अवस्थामा ५ थान टिल सुन फेला पारेको थियो । भोटेको साथबाट बरामद गरिएको सुनको बजार भाउ तिन करोड सात हजार हुने बताइएको छ।

पक्राउ परेका भोटे र बरामद भएको सुन सहित कानुनी प्रक्रियाका लागि राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुर पठाइने संखुवासभा प्रहरीले जनाएको छ। स्थायी घर मकालु गाउँपालिका–४ का भोटे खाँदबारी–१ मा बस्दै आएका थिए । भोटेले सुन ओसारपसार मात्र गर्ने गरेको प्रहरीलाई बयान दिएका छन् । संखुवासभामा यति ठूलो परिमाणको सुन पक्राउ परेको पहिलो घटना हो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…