गजेन्द्रनारायण सिंह अस्पताल तोडफोड प्रकरण : एक युवतीसहित १६ जना पक्राउ

सप्तरी / राजविराज २८ असोज । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकको कक्षमा तोडफोड गरेको आरोपमा पक्राउ परेका युवाको रिहाई माग गर्दै मंगलवार साँझ युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनकै क्रममा नेपाल विद्यार्थी संघ आवद्ध एक युवतीसहित १६ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजविराज स्थित शहिद दशक चौकमा टायर बालेर प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताए । ‘प्रदर्शनमा संलग्न युवाहरुलाई नियन्त्रणमा लिए’ उनले भने–‘घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’

यसअघि पनि युवाहरुले गजेन्द्र चौकमा भेला भएर प्रहरी दमन बन्द गर, पक्राउ परेका विद्यार्थीलाई रिहाई गर, विद्यार्थी एकता जिन्दावाद लगायतका नारावाजी गर्दै बजार क्षेत्रमा नाराजुलुस गरेका थिए । सोही क्रममा राजविराज नगरपालिका र जिल्ला प्रहरी कार्यालय अगाडी समेत उनीहरुले नारावाजी गरे । प्रहरीले पक्राउ परेका गुञ्जन झालाई रिहा नगरिएसम्म आन्दोलन जारी राख्ने उनीहरुको अडान छ । झालाई तत्काल रिहा नगरिए थप सशक्त आन्दोलन चर्काउने उनीहरुले चेतावनी समेत दिए ।

गत सोमवार अस्पतालमा विहानदेखि दिउँसो २ बजेसम्म पनि विरामी चेकजाँच गर्न चिकित्सक नआउँदा आक्रोशित विरामीका आफन्तजनले प्रदर्शन गरेका थिए । प्रदर्शनकै क्रममा डा. ज्ञानेन्द्र झा र डा.प्रानेश यादवको विरामी जाँच गर्न बस्ने कोठामा रहेको सरसमान तोडफोड गरेपछि प्रहरीले राजविराज नगरपालिका–१ का गुञ्जनलाई नियन्त्रणमा लिएका हुन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…