अमेरिकामा फेरी कार दुर्घटना, दुई नेपाली महिलाको मृत्यु

बोस्टन । अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन् । घाइतेमध्ये एकजना अवस्था गम्भीर छ। स्थानीय समाचार संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको निधन भएको हो। २२ वर्षीया सिर्जना विश्वकर्मा ९कुनै माध्यममा उनको नाम तारा पनि लेखिएको छ । को माउन्ट कार्मल अस्पताल उपचार भइरहेको छ।

उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। दुर्घटनामा तीन वटा गाडी ठोक्किएका थिए। अर्को गाडीमा सवार खालेब वाट्सन र कोबी स्टिलवेललाई पनि ग्रान्ट मेडिकल सेन्टर अस्पताल लगिएको थियो। स्टिलवेलले हाँकेको विश्वकर्माले हाँकेको टोयोटा क्याम्रीसँग ठोक्किएको थियो। स्टिलवेलको कार गएर टोयोटा टकोमा ट्रकमा बज्रिएको थियो।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…