कांग्रेसका नेता सहित आठजना जुवाडे पक्राउ

उदयपुर / उदयपुरबाट कांग्रेसका दुई नेतासहित आठजना जुवाडे पक्राउ परेका छन् । करिव दुई लाख नगदसहित आठजना जुवाडे पक्राउ परेका छन् । नेपाली कांग्रेसका एक नेताको घरमा जुवा खेल्दै खेलाउँदै गरेको अवस्थामा आइतबार राति उनीहरुलाई पक्राउ गरिएको हो । त्रियुगा नगरपालिका–११ स्थित घरमा जुवा खेलाइरहेको सूचनाको आधारमा घरमुली वसन्त बस्नेत सहित आठजना पक्राउ परेका हुन् । पक्राउ परेका आठजनामध्ये वसन्त बस्नेत र सुमन्त कोइराला नेपाली कांग्रेसका जिल्ला नेता रहेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० का ४२ वर्षीय दुर्गा श्रेष्ठ, ४० वर्षीया किरण पाण्डे, त्रियुगा नगरपालिका–११ का ४४ वर्षीय सुमन्त कोइराला, ५० वर्षीय वसन्त बस्नेत, ३५ वर्षीय भविन्द्र खत्री, ३५ वर्षीय यलराम कार्की, ४७ वर्षीय बालकृष्ण कार्की र त्रियुगा नगरपालिका–११ कै ४० वर्षीय राजु राउत रहेका छन्।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…