बिजुलीको खम्बामा राखियाे राष्ट्रपतिको तस्वीर ( तस्वीरहरू सहित )

काठमाडौं / चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने भ्रमणमा काठमाडौं अाउने भए सँगै स्वागतका लागि सडकका पोल-पोलमा राष्ट्रपति सीका तस्वीर टाँगिएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार नेपाल आउन लागेका हुन् । चिनियाँ राष्ट्रपति सीको तस्वीरसँगै राष्ट्रपति विद्यादेवी भण्डारीका समेत तस्वीर सजाइएका छन् ।

चिनियाँ राष्ट्रपतिको स्वागतमा सरकारले त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि शहरका विभिन्न ठाउँमा तस्वीरहरु सजाएको छ । सडक किनारामा राष्ट्रपतिद्वय सी र विद्यादेवी भण्डारीका तस्वीर देख्न सकिन्छ । नयाँ बानेश्वर संसद भवन अगाडिको सडकमा पनि दुबै देशका राष्ट्र प्रमुखका तस्वीर सजाइएका छन् । उच्चस्तरीय पाहुनाको स्वागतका लागि काठमाडौंलाई रातारात सजिसजाऊ बनाइएको छ । उनी आइतबारसम्म काठमाडौंमा रहनेछन् ।

तपाईको प्रतिक्रिया

Loading…