देश तथा बिदेशमा फरक छ दशैं टिकाकाे साइत ( देशकाे नाम र टिकाकाे शुभ समय सहित)

शुभसाइतमा टीका लगाउन जम्मा भएकामध्ये कसले पहिले टीका लगाउने र थाप्ने भन्ने प्रश्न उठ्नसक्छ । सबैलाई आफुले शुभसाइतको टीका थाप्ने चाहना हुन सक्छ, तर त्यसो होइन तपाईं जहाँ हुनुहुन्छ, त्यहाँ भेला हुनुभएका नातेदारमध्ये सबैभन्दा ज्येष्ठ र मान्य व्यक्तित्वले टीका लगाइदिने हो र त्यहाँ उपस्थित आफ्ना कुलपरम्परा र रीतिबमोजिमको ज्येष्ठ सदस्यलाई शुभसाइतमा टीका लगाइदिनु नै शुभसाइत हो ।

अन्य कनिष्ठ जनका लागि पनि त्यही साइत लागु भएको मानिन्छ । एक पटक टीका थापे पछि त्यसपछि सबै शुभै शुभ हुन्छ । स्थानअनुसार टीका लगाइदिने व्यक्ति दक्षिणाभिमुख भई (दक्षिणतर्फ फर्की अर्थात् सम्मुख चन्द्रमा बनाई) तथा टीका थाप्ने व्यक्तिले पूर्वाभिमुख भई (पूर्व फर्की) अथवा दाहिने चन्द्रमा पारी टीका लगाउनु पर्दछ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले बडा दशैंको टीकाको साइत सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार विभिन्न मुलुकमा रहेका नेपालीहरुका लागि टिकाको साइतको समय फरक फरक रहेको छ ।

अन्तर्राष्ट्रिय समितिले गरेको पछिल्लो निर्णयअनुसार न्यूजिल्याण्डमा ८ तारेख (असोज २१ गते) बिहान ९:११ बजे, साउदी अरेबियामा सोही दिन बिहान ९:३५ बजे, हङकङमा सोही दिन १०:१ बजे, सिंगापुरमा १०:२१ बजे, इजरायलमा १०:४५ बजे, दक्षिण कोरियामा १०:४१ बजे, थाइल्याण्डमा ९:४५ बजे, कतारमा १०:१६ बजे, अबुधावीमा १०:१ बजे , मलेसियामा १०:२१ बजे र पोर्चुगलमा ९:११ बजेको समय निर्धारण गरिएको छ । यसअघि पञ्चाङ्ग निर्णायक समितिले काठमाडौंमा सन् २०१९ को अक्टोबर ८ (असोज २१ गते) बिहान १०:३५ बजे टीकाको साइत भएको सार्वजनिक गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading…