दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड

धरान / नेपालकै प्रमुख शक्तिपीठमध्ये धरान १४ विजयपुरमा रहेको दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड लागेको छ । प्रदेश नं. १ कै धार्मिक महत्व बाकेको यस मन्दिरमा नेपाल अधिराज्यभरिमात्र हैन भारतका केही स्थानबाट समेत बोका बलि दिन आउने गरेका छन् । असत्यमाथि सत्यको विजय भएको पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार देश तथा विदेशबाट यस मन्दिरमा बोका, हास बलिदिने को घुइचो लाग्ने गरेको हो ।

दन्तकाली मन्दिरका पूजारीका सहयोगी मोहन भुजेलले दशैको अष्टमी, नवमी र दशमीमा यहा सर्वसाधाणले बोका, हास बलि दिने गरेको बताउनुभयो । उहाले विगतमा अष्टमीमा दिनमात्र १ सय ५० वटा बोका, २ सय भन्दा बढी हासको दन्तकालीमा बलि चढाइएको भए पनि यस पटक लागातारको बर्षाद्का कारण सर्वसाधारणका घुइचो कम भएकोले त्यतिका संख्या नपुग्ने बताउनुभयो ।

पछिल्लो समय बलि दिने वा नदिने विषयमा बहस चुलिएको छ । पशुअधिकारकर्मीहरुले बली दिनु नितान्त गलत भएको बताइरहदा मन्दिरमा बली दिन पुगेकाहरुले धार्मिक आस्थाका कारण बलि दिनु ठीक भएको तर्क राख्ने गरेका छन् । धरान ८ का उमेश श्रेष्ठले परापूर्वकालदेखि परम्परागत रुपमा बलि प्रथाको प्रचलन भएकोले धार्मिक तथा सांस्कृतिक आस्थाका कारण पनि दन्तकालीमा बाबा बलीका लागि ल्याएको बताउनुभयो ।

त्यसो त बुद्धिजीवी सर्कललले समेत यसलाई सकारात्मक रुपमा लिने गरेका छन् । शिक्षाविद्, साहित्यकार तथा समाजसेवी प्रा.डा. टंकप्रसाद न्यौपानेल पछिल्लो समय धर्म परिवर्तनसंगै धार्मिक तथा सांस्कृतिक विचलन बढेको बताउनुहुदै धर्म संस्कृतिलाई जीवन्तता राख्न पनि आफ्नो धर्म संस्कृतिलाई युवा पुस्तासम्म पु¥याउदै निरन्तता दिन आवश्यक रहेको बताउनुभयो । त्यसो त सर्वसाधारण भन बलि दिनु राम्रो कार्य नभएको बताउने गरेका छन् । देवी देवताले बलीको आशा नगर्ने तर आफ्नो स्वार्थ पूर्ति गर्न देवी देवताको नाममा बलि दिने प्रचलन भएकोले यसलाई हटाउन जरुरी रहेको बताउने गरेका छन् ।

दशैलाई रामले रामायणलाई मारेको तथा देवी दुर्गाले दैत्यलाई मारेको कथासंग जोडिएका कारण पनि विजय जुलुसको रुपमा दशैलाई लिने गरेकाले बलीको प्रथा शुरुवात भएको केही बुद्धिजीविहरुको तर्क छ । पछिल्लो समय पशु अधिकारकर्मीहरुले बलिको विरोध गर्दै आइरहेका छन् । धार्मिक त था सांस्कतिक विचलनका कारण बलिदिने काम यथावथ रहेको छ भने पशु अधिकारकर्मीहरुको अभियानका कारण विगतमा भन्दा बलि दिने प्रथामा केही हटेको भान समेत भएको छ । धार्मिक सांस्कृतिलाई जोगाउदै बलि प्रथाको अन्त्य नै सकारात्मक सन्देश भएकोले यसतर्फ सबै लाग्नुपर्ने अधिकांशको भनाई छ ।

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

आफूले उत्पादन गरको फूलको बजार राम्राे भएपछि दंग कृषकहरु

माटोको दियो विक्री घट्यो : विधुतीय समानहरुले गर्दा कुम्हारहरुको पेशा संकटमा

धरान स्थित हिरासत भवनलाई युके तथा हङकङबाट सहयोग

बीपीतिष्ठानभित्र औषधिमा कमिशनकाे खेल

धरानमा लागू औषधको डिलर सञ्चालन गर्दै आएका एक युवक हतियरसहित प्रक्राउ (तस्विरहरू सहित)

दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड

धरानको दन्तकाली पीठमा धुमधामका साथ फूलपाती भित्र्याइयाे (तस्विरहरू सहित)

बराहले २५ औ बर्ष भव्यताकासाथ मनाउने

धरानमा कैची प्रहार गर्ने एक युवक प्रक्राउ

धरानमा नाम मात्रैकाे अनुगमन : झिंगा भन्केकाे मासु खान बाध्य उपभाेक्ता

तपाईको प्रतिक्रिया

Loading…

Loading…