धरानको दन्तकाली पीठमा धुमधामका साथ फूलपाती भित्र्याइयाे (तस्विरहरू सहित)

धरान / भारी बर्षादको बाबजुद पनि नेपालकै चार पीठमध्ये धरानको दन्तकाली पीठमा आज विधिवत रुपमा फूलपाति भित्र्याइएको छ । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरबाट सेनाको मार्चपाससहित वेण्डबाजाकोे टोलीले दन्तकाली मन्दिरका पूजारी, सर्वसाधारणको उल्लेख्य उपस्थितिमा ९ पत्र अर्थात नौवटा जडिबटी मिश्रित फूलपाति दन्तकालीमा भित्र्याएको हो ।
नौ पत्र अर्थात अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार), जयन्ति, कोलालाई विधिवत पूजा अजना गरी दन्तकालीमा भित्र्याएपछि दशै शुरुवात भएको मान्यता छ ।
विहानै दन्तकालीका पूजारी नुहाई दुहाई गरेर यी नौ बस्तु खोज्न गएका थिए । दन्तकालीका पूजारीले नौ पत्र डोलीमा बोकेर ल्याएका थिए । नौ पत्र खोज्ने पूजारीहरुले फूलपाति नभित्र्याउन्जेल कसैलाई छुन र बोल्न नमिल्ने मान्यता रही आएको छ ।

याङ्गशिलाको काली शक्ति गणको मार्च पास गरेका थिए भने र सशस्त्र प्रहरी एक नं. वाहिनी पकलीबाट आएका शशस्त्र प्रहरीको वेण्डबाजा बजाएका थिए । यस्तै पिण्डेश्वर मन्दिरबाट दन्तकालीसम्म पुजारीहरुले शंकध्वनीसहित ढोल, दमहा बजाएर हर्षोल्लासका साथ फूलपाति भित्र्याएका थिए । सो अवसरमा सेनाले फूलपाति भित्र्याउने क्रममा सलामी अर्पण समेत गरेका थिए । विगतमा पनि सेना र शशस्त्र प्रहरीको उपस्थितिमा फुलपाति भित्र्याए पनि यस पटक भने सेनाको उल्लेख्य उपस्थितिका कारण विगतको भन्दा अझ बढी रौनक थपिएको थियो ।

धरान उपमहानगरपालिका वडा नं. १४ का संयोजनमा भएको फुलपातीमा सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको उल्लेख्य उपस्थिति रहेको थियो । स्थानीय सरकार आएपछि धरानमा सेना, प्रहरीको मार्चपार्ससहत फूलपाति भित्र्याउने शुरुवात गरिएको हो । यस भन्दा अगाडि मन्दिरका पूजारीहरुले मात्र फूलपाति भित्र्याउन प्रचलन रहेको थियो ।

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

आफूले उत्पादन गरको फूलको बजार राम्राे भएपछि दंग कृषकहरु

माटोको दियो विक्री घट्यो : विधुतीय समानहरुले गर्दा कुम्हारहरुको पेशा संकटमा

धरान स्थित हिरासत भवनलाई युके तथा हङकङबाट सहयोग

बीपीतिष्ठानभित्र औषधिमा कमिशनकाे खेल

धरानमा लागू औषधको डिलर सञ्चालन गर्दै आएका एक युवक हतियरसहित प्रक्राउ (तस्विरहरू सहित)

दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड

धरानको दन्तकाली पीठमा धुमधामका साथ फूलपाती भित्र्याइयाे (तस्विरहरू सहित)

बराहले २५ औ बर्ष भव्यताकासाथ मनाउने

धरानमा कैची प्रहार गर्ने एक युवक प्रक्राउ

धरानमा नाम मात्रैकाे अनुगमन : झिंगा भन्केकाे मासु खान बाध्य उपभाेक्ता

तपाईको प्रतिक्रिया

Loading…

Loading…