डिजिटल प्रदेशका लागि क्यान संग सहकार्य गर्न प्रदेश १ सरकार इच्छुक : मन्त्रि घिमिरे

इटहरी / प्रदेश नं.१ का सामाजिक बिकास मन्त्रि जिवन घिमिरेले डिजिटल प्रदेशका लागि क्यान संग सहकार्य गर्न प्रदेश नं.१ सरकार इच्छुक रहेकाे बताएका छन् । क्यान महासंघ सुनसरीको पदस्थापना तथा सुभकामना आदनप्रदान कार्यक्रममा बल्दै मन्त्रि घिमिरेले सो कुरा बताएका हुन् । कार्यक्रममा बाेल्दै प्रदेश नं.१ सरकारले प्डिजिटल प्रदेशका रूपमा रूपान्तरण गर्ने याेजनामा क्यानसंग हातेमालाे गर्न आफु तत्पर रहेकाे बताएका छन् । मन्त्रि घिमिरेले १० बर्ष भित्र विद्यालयलाई भोला र किताब मुक्त बनाउने राजनैतिक घोषणा रहेकाले त्यसकालागि पनि क्यानको सहयोग आवश्यक पर्ने बताए ।

क्यान सुनसरीकाे १३ औँ साधारण सभा तथा ८ अधिबेसनबाट निर्वाचित कार्यसमितिको पदस्थापना तथा बडा दशैं, शुभ दिपावलिको शुभकामना आदनप्रदान गर्न क्यान सुनसरीले शुक्रबार इटहरीमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा प्रदेश सभासद् लिलम बस्नेत, क्यान केन्द्रिय सदस्य ठाकुर कुमार श्रेष्ठ, क्यान प्रदेश १का अध्यक्ष भबकृष्ण तिम्सिना, पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्कका लगायत क्यान सँग सम्बन्धित व्यक्तिहरुको उपस्थिती रहेका थियाे ।

कार्यक्रमकाे अन्त्यमा बोल्दै क्यान महासंघ सुनसरीका नव निर्वचीत अध्यक्ष बिशाल बस्तोलाले क्यान महासंघ सुनसरी सरकारलाई सहयोग गर्न तयार रहेको बताए । बस्तोलाले डिजिटल प्रदेशको अभियानमा क्यान सहकार्य गर्न तयार रहेको बताए । आजको युगमा प्रबिधिबाट मात्र बिकास सम्भव रहेकाले सरकारले त्यसलाई आत्मसाथ गर्नु पर्ने बस्तोलाको भनाई रहेको थियो । कार्यक्रममा उपस्थित अथिति र सहभागिले एक आपसमा २०७६ सालका बडा दशैं, शुभ दिपावलिको शुभकामना आदनप्रदान गरेका थिए । सोहि अवसरमा क्यान महासंघ सुनसरीले रात्रि भोजको समेत आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…