रात्रिकालीन क्रिकेटमा विभागीय टिमहरु भिड्दै

इनरुवा / इनरुवामा संचालनमा रहेको रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत आजबाट समूह बी अन्र्तगतका खेलहरु संचालन हुँदै छन् । प्रतियोगिता अन्र्तगत आज दुई विभागीय टोलीले प्रतिष्पर्धा गर्ने छन् ।

इनरुवा खेल मैदानमा आज साँझ हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले बिराटनगरको सामना गर्दा आजै हुने दोस्रो खेलमा अर्को विभागीय टोली आर्मीले बिरगञ्जको सामना गर्दै छ ।
दुई खेल खेलाइने भएकाले ओभर भने छोट्याइएको छ ।

आयोजक फुलबारी क्रिकेट क्लब इनरुवाका अध्यक्ष शिबु यादवका अनुसार आज हुने दुबै खेल १५=१५ ओभरमा खेलाइने छ । वर्षाका कारण मैदानमा पानी जमेकाले तीन दिनको खेल तालिका प्रभावित हुन पुगेको थियो । १६ वटा टिमले सहभागिता जनाएको प्रतियोगितामा समूह ए बाट विभागीय टोली एपीएफ फाइनल प्रवेश गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading…