अन्र्तराष्ट्रिय पर्यटन दिवशको अवसरमा होमस्टे उद्घाटन

पाँचथर / अन्र्तराष्ट्रिय पर्यटन दिवशको अवसरमा पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ३ लालीखर्कमा आज सामुदायिक होमस्टे उद्घाटन गरिएको छ । होमस्टेको उद्घाटन प्रदेश १ का सांसद तथा वन,वातावरण,उद्योग,पर्यटन समितिका सभापति सिता थेवेले गर्नुभएको थियो ।

होम स्टेको उद्घाटन पश्चात कार्यक्रममा बोल्दै उहाँले प्रदेश १ पर्यटन वर्ष २०२० लाई सफल पार्न पूर्वका सम्भावना बोकेका धार्मिक,ऐतिहासिक र पर्यटकिय स्थलहरुलाई प्रचार प्रसार गरी अघि वढ्ने बताउनुभयो । जिल्ला समन्वय समिती पाँचथरको आयोजनामा अहिले त्यस क्षेत्रमा १० वटा घरमा होम स्टे संचालन गरिएको छ ।

होम स्टेमा आएका पाउनालाई स्थानिय परिकार खुवाईने र लजको प्रवन्ध गरिएको लालीखर्क सामुदायिक होमस्टे संचालक समितीका अध्यक्ष टंक राईले बताउनुभयो । यो होम स्टे संचालन पश्चात पूर्वको प्रसिद्ध धार्मिक स्थल पाथिभरा दर्शन जाने तिर्थालुहरु समेतलाई राख्न सकिने उहाँले बताउनुभयो । होम स्टे पश्चात आन्तारिक तथा बाह्य पर्यटकहरु आउने स्थानियहरु बताउँछन् । पर्यटन वर्ष २०२० लाई लक्षित गरी भेलाले भ्रमण नेपाल वर्ष २०२० कार्यान्वयन एवम पाँचथर पर्यटन विकाश समिती समेत गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…