क्यान प्रदेश १ अध्यक्षमा तिम्सिना

इटहरी / कम्प्युटर एसोशिएन महासंघ नेपाल (क्यान) क्यान प्रदेश १ अध्यक्षमा भबकृष्ण तिम्सिना निर्विराेघ चयन भएका छन् । बिराटनगर स्थित एभरेष्ट हाेटलमा सम्पन्न अधिबेशनबाट ७ सदसिय कार्यसमिति चयन भएकाे हो । समितिको उपाध्यक्षमा भक्तबहादुर थामी, सचिवमा लक्ष्मीकान्त खनाल, सहसचिवमा राजकुमार गुरूङ र कोषाध्यक्षमा बसन्त रिजाल चयन भएका छन् । त्यस्तै मनाेनित सदस्यहरूमा टंकनाथ भट्टराई र राेशन दाहाल चयन भएका छन् भने एक महिला सदस्य मनाेनयन बाँकी रहेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथी एवं क्यान महासंघका बरिष्ठ उपाध्यक्ष नवराज कुँवर बिशेष अतिथी एवं क्यान महासंघका उपाध्यक्ष सुनेना पाण्डे, बिशेष अतिथी क्यान महासंघका महासचिव रन्जित पाेदार, क्यान महासंघका सचिब नारायण थापा, क्यान महासंघका सह-काेषाध्यक्ष शेखर दुलाल, केन्द्रीय सदस्य ठाकुर श्रेष्ठ, उमेश रघुबंशी, चन्द्र प्रकाश भुर्तेल लगायतहरूकाे उपस्थिती रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

Loading…