आज विश्वकर्मा पूजा मनाइँदै, यस्ताे छ पूजा बिधि

काठमाडौँ / आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ । यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।

कहिले मनाईन्छ : विश्वकर्मा जयन्ती हरेक वर्ष कन्या संक्रान्ति अर्थात् आश्विन १ गते मनाईन्छ । यस वर्ष भगवान विश्वकर्मा जयन्ती आईतबार मनाईँदैछ।

समून्द्र मन्थनबाट भएको थियो भगवान विश्वकर्माको जन्म : यो मान्यता रहेको छ कि प्राचीन कालमा सबैको निर्माण विश्वकर्माले गरेका थिए । स्वर्ग लोक, सुनको शहर, लंका तथा कृष्णको नगरी, द्वारका यी सबैको निर्माण विश्वकर्माको हातबाट नै भएको थियो । कुनै कुनै कथामा उल्लेख भए अनुसार भगवान विश्वकर्माको जन्म देवता तथा राक्षसहरु मिलेर समुन्द्र मन्थन गर्दा विश्वकर्माको जन्म भएको थियो ।

पूरै ब्रह्माण्डको गरेथे निर्माण :

हिन्दू पौराणिक कथाका अनुसार उनले पूरै ब्रह्माण्डको निर्माण गरेका थिए । पौराणिक कालमा चलाईने सबै हतियारको निर्माण पनि विश्वकर्माले नै गरेका थिए । जसमा बज्र पनि सामेल छ । जुन भवगान ईन्द्रको हतियार थियो । वास्तुकारहरुले कैयौ युगदेखि विश्वकर्मालाई आफ्नो भगवान मानेर उनको पूजा गर्दै आईरहेका छन् ।

विश्वकर्मा पूजा विधि

– भगवान विश्वकर्माको प्रतिमा बनाएर यसैमा पूजा गर्ने गरिन्छ । कसैकसैले भने भगवान विश्वकर्मालाई नै आफ्नो भगवान मानेर पूजा गर्ने गरेको पनि देखिन्छ । यस दिन जग्ये बनाएर यज्ञको समेत आयोजना गरिन्छ ।

– यस दिन पूजामा बस्नु भन्दा पहिले स्नान गर्नुपर्छ । स्नान गरिसकेपछि भगनाव विष्णुको ध्यान गर्नुपर्छ र त्यसपछि त्यहीँ कतै भगवान विश्वकर्माको पनि मूर्ति राख्नुपर्छ ।

– यसपछि आफ्नो दाहिने हातमा फूल अक्षता लिएर मन्त्र पढ्नुपर्छ । फूल अक्षतालाई जलमा छोडिदिनुपर्छ ।

– यसपछि हातमा रक्षासूत्र बाँधी भगवान विश्वकर्माको पूजा ध्यान गरिसेपछि उनको विधिवत पूजा गर्नुहोस् ।

– पूजा पछि विविध प्रकारको यन्त्र तथा औजार आदिको जल, अक्षता, फूल तथा मि‍ठाईद्वारा पूजा तथा विधिवत रुपमा हवन गर्नुहोस्।

भगवान विश्वकर्माको पूजा गर्दा पढिने मन्त्र

ॐ आधार शक्तपे नमस् और ॐ कूमयि नमस्, ॐ अनन्तम नमस्, ॐ पृथिव्यै नमस्

तपाईको प्रतिक्रिया

Loading…