८२ लाख ब्लड मनी बुझाएर रानाभाट नेपाल आइपुगे

दोहा / भारतीय कामदारको हत्या आरोप लगेर कतारको जेलमा रहेका चितवनका बिनोद रानाभाट नेपाल फर्किएका छन। बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार आएका रानाभाट कतारस्थित ओक्रा जेलमा थिए ।

रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारतकै अर्का कामदारको मृत्यु भएको थियो । घटना लगत्तै उनलाई कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो ।

मुद्धाको फैसला अनुसार रानाभाटले भारतीय कामदारको परिवारलाई ब्लड मनी रुपमा २ लाख ६० हजार कतारी रियल अर्थात नेपाली करीब ८२ लाख रुपैयाँ बुझाउनुपर्ने थियो । तर उनको आर्थिक अवस्था कमजोर रहेकोले बिनोद रानाभाट रिहाइ तथा उद्धार समिति गठन गरि सहयोग उठाएर करीब ८२ लाख रुपैयाँ नेपाल बाट पठार उनको उद्दार गरिएको हो । यस सहयोग कार्यमा सहयोग गर्नुहुने सबै नेपाली दाजु भाइ तथा दिदि बहिनीहरुमा अभियानका प्रमुख अर्जुन भुषालले धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…