रानीटार गोल्डकप : रेड स्टार झापा विजयी

पाँचथर / पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ७ रानीटारमा सम्पन्न अन्तर जिल्ला स्तरीय आमन्त्रण रानीटार गोल्डकप फुटवल प्रतियोगितामा रेड स्टार झापा विजयी भएको छ । आज भएको फाइनल खेलमा झापाकै सैनिक युथ क्लवलाई ट्राइबेकरमा ५—४ गोल अन्तरले हराउँदै रेड स्टार झापा विजयी भएको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । विजयी भएसँगै रेड स्टारले एक लाख रुपैया नगद तथा उपविजेता बनेको सैनिक युथ क्लवले ५० हजार रुपैया हात पारेको छ । यस्तै प्रतियोगितामा वेस्ट किपर रेड स्टारका सौरव गिरी,र वेष्ट मिड फिल्डर रेड स्टारकै अंकुर तामाङ घोषित भए । बेष्ट डिफेन्डर सैनिक युथ क्लवका रमेश गुरुङ,वेस्ट कोच रेड स्टारका सागर विसी,बेस्ट स्ट्राइकर रेड स्टारकै रमेश गुरुङ घोषित भए । प्रतियोगितामा विजयीलाई प्रदेश सासंद आशारत्न जवेगु र फिदिम ७ का वडाअध्यक्ष गोपाल गुरुङले नगद,ट्रफी र मेडल प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा पूर्वका ८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा रेड स्टार झापा,सैनिक युथ क्लव विर्तामोड झापा, सयपत्री क्लव यासोक,आयोजक रानीटार ११,इलाम फुटवल क्लव इलाम,नमोबुद्ध फुटवल क्लव राँके,फिदिम स्पोटिङ क्लव फिदिम,योङ ब्वाइज इलाम गरी ८ टिमको सहभागिता रहेको थियो ।

गत वर्ष इलाम फुटवल क्लव इलाम ले प्रतियोगिता उपाधि हत्याएको थियो । रोपाईजात्रा तथा वालदिवशको अवसर पारेर गत भाद्र २६ गते बाट प्रतियोगिता शुरु गरिएको आयोजक वालदिवश तथा रोपाईजात्रा ब्यवस्थापन समितीका सचिव रुपन तामाङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…