बालदिवसका अवसरमा पिसजाेनमा विशेष कार्यक्रम (तस्विरहरू सहित)

इटहरी । राष्ट्रिय बाल दिवसका अवसरमा पिसजोन आवासीय मावि इटहरीमा विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरुले हाजिरिजवाफ, नृत्य, गायन तथा कविता प्रस्तुत गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्कुलका प्रिन्सिपल केशवप्रसाद भट्टराईले आफुभित्र रहेको प्रतिभा प्रष्फुटन गर्न सहयोग पुगोस भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए । आगामी दिनमा पनि यस्ता खालका बिभिन्न प्रतियोगीता गर्ने योजना रहेको समेत उनले बाताए । कार्यक्रममा भाईस प्रिन्सिपल बिनय दाहाल लगायत अध्यापकहरु अतिथीका रुपमा सहभागी रहेका थिए ।

इन्टरनेशनल स्कुल अवार्ड समेत जित्न सफल भएको पिसजोन आवासीय माध्यमिक विद्यालय इटहरीको पुरानो विद्यालय हो । दक्ष तथा अनुभवी शिक्षक शिक्षिक रहेको यस बिद्यालयले पढाई सँग सँगै अतिरिक्त क्रियाकलापमा पनि बिशेष जाेड रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया

Loading…