थारू जातिकाे पुर्ख्याैली कला र सिप सिक्दै थारू युवा युवती (फाेटाे फिचर)

मोरङ / नोबेल मिस्टर एण्ड मिस थारु आइकन सिजन २ को सहभागीहरूलाइ थारू कला र सिप सिकाँइदै छ । एक महिना सम्म सञ्चालन हुने तालिमकाे १२ औँ दिन आर्ट एण्ड कार्फ तालिममा बुधबार लखनतरीमा थारू समुदायमा लोप हुँदै गएको थारू जातीकाे पुर्ख्याैली कला र सिप सिकाइदै छ ।

बुधबार ग्रामथान गाँउपालिकाको लखनतरीमा आइकनका महिला तर्फका प्रतियोगीहरू लाइ थारू समुदायको परम्परागत कला भित्तामा बनाइने मोख, माटोको भित्ता लिप(पोत गर्ने तथा मोखहरूमा रंगरोधन गर्ने ९धबिि उबष्लन० बारे तालिम दिइएको थियो । साथै मेखामा प्रयोग गरिने सामाग्री र त्यसको प्रयोग बारे पनि सिकाइएको थियो । त्यसै गरी पुरूष तर्फ माछा मार्ने खुशी,खोङ्ही बनाउने, सुँगुर बाँध्ने डोरी बनाउने, तीहारको बेल देवी देवतालाइ चढाइने टेक्ठी, हाँकि(हुँका ९लक्ष्मी पुजाको दिन थारू समुदायमा विशेष महत्वका साथ खेलीने खेलमा प्रयोग गरिने सामाग्री० बाँसको टाटी बनाउने आदिबारे तालिम दिइएको तालिम संयोजक पुष्पे थारले बताए ।

महिला तर्फको तालिम स्थानिय सजिया देवि माझी र आशादेवी चौधरीले दिएकि थिइन् भने पुरूष तर्फ बलिराम माझी, रामेश्वर चौधरी, ढालुराम चौधरी, श्रवण चौधरी र श्यामलाल माझीले तालिम दिएका थए ।

आधुनिकताको विकास संगै थारू समुदायको कला तथा सिपहरू प्रति थारू युवाको रूचि घट्दै गएकोले एसको संरक्षण गर्ने र भावी सन्तती सम्म यो कला तथा सिपहरू लाइ हस्तान्तरण गर्ने उद्देश्यले आइकनका प्रशिक्षार्थीहरू लाइ यो सिप सिकाउन जरूरी रहेको थारू कला केन्द्रका अध्यक्ष देव कृष्ण विस्वाशले जानकारी गराए । साथै यही शनिबार विराटचोकको जेसिस हलमा थारू परिकारहरू बनाउने तालिम तथा प्रदर्शनी रहेको जानकारी समेत गराउनु भयो । थारू समुदायका लोकप्रिय परिकारहरू घोङ्घी, भक्का, बगिया चिछौरी भात लगायतका थारू परिकारहर बनाउन सिकाउने र थारू परिकारहरूको लोक प्रियता बढाउने विश्वासले बताए ।

थारू जातीको पुर्ख्यौली सिप सिक्दै नोबेल मिस्टर एण्ड मिस थारु आइकन सिजन २ का प्रतियोगिहरू :

तपाईको प्रतिक्रिया

Loading…