एसियाली डोरीतान प्रतियोगितामा भाग लिन नेपाली टाेली थाईल्याण्ड प्रस्थान

माेरङ / १४ औं एसियाली डोरीतान प्रतियोगितामा भाग लिन नेपाली टाेली थाईल्याण्ड जाँदैछ । युवराज चौधरीकाे कप्तानीमा नेपालबाट १३ जना खेलडी हरूकाे टाेली त्यस तर्फ प्रस्थान गरेकाे हाे । यहि सेप्टेम्वर १४ र १५ मा थाईल्याण्डमा हुने डाेरीतान प्रतियाेगितामा नेपाल सहित एसियाका २० बटा मुलुकका खेलडीहरले भाग लिनेछन् ।

नेपालबाट टिममा खेलाडीहरू युवराज चौधरी (कप्तान), सन्तोष तामांग, अशोक कुमार चौधरी, कृष्ण बोगटी, सुजन भुर्तेल, ईमरान मिया, महेश चौधरी, रवी कुमार कार्की, कृष्ण योञ्जन, दिपक घिमिरे, निरञ्जन बिश्वास, मिनराज शर्मा बेलबासे रहेका छन् भने निश्चलराज शाक्य (मेनेजर) र सुर्य भट्टराई (कोच) का रूपमा रहने छन् ।

नेपाली टोलीलाई मोरंग जिल्ला डोरीतान संघले शुभकामना तथा बिदाई कार्यक्रम मार्फत बुधबार बिदाई गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सामाजिक बिकास मन्त्री माननिय जीवन घिमिरेले टिमलाई नेपालको झण्डा हस्तान्तरण गर्दै शुभकामना तथा हौसला प्रदान गर्नु भएको थियो । कार्यक्रममा नेपाल डोरीतान संघका केन्द्रिय उपाध्यक्ष डा. सुवाषश्री पोख्रेलले पनि शुभकामना दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…