भारतीय उर्जा राज्यमन्त्री आरके सिंहद्धारा अरुण तेश्रोको निरीक्षण

संखुवासभा / भारतका उर्जा राज्यमन्त्री आरके सिंहले संखुवासभामा निर्माणाधिन ९ सय मेघावाटको अरुण तेश्रो जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । बुधबार सेनाको हेलिकप्टरबाट ड्यामसाईड स्थल नुमको फ्याक्सिन्दा र पावरहाउस स्थल चिचिलाको पुखुवा पुगेर उनले स्थलगत निरीक्षण गरेका हुन् । मन्त्री सिंहले ड्यामसाईडमा पुगेर अहिलेसम्मको प्रगतिका बारेमा जानकारी लिएका थिए । यसपछि उनले सुरुङ मार्गको पनि स्थलगत अनुगमन गरेका थिए ।

हेलिकप्टरबाट पावरहाउस स्थल पुखुवामा पनि उनले निर्माणका बारेमा जानकारी लिनुका साथै सुरुङ मार्गको अनुगमन गरे । उर्जा राज्यमन्त्री सिंहले निर्धारीत समय सेक्टेम्बर २०२२ मा अरुणको काम सम्पन्न हुने बताएको निरीक्षणमा सहभागी नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताए ।

तपाईको प्रतिक्रिया

Loading…