थारू पत्रकार संघमा राजनैतिक हस्तक्षेप भयाे भन्दै नाेट अफ डिसेन्ट जारी

माेरङ / थारू पत्रकार संघकाे अध्यक्षा जस्ताे गरिमामय पदमा राजनैतिक हस्तक्षेप हुनु भनेकाे थारू पत्रकारीता जगतकै भविष्य अन्धकारमा धकेलिनु हाे । भरखरै सम्पन्न थारू पत्रकार संघकाे चाैथाे महाअधिवेसनमा केहि थारू पत्रकारहरले राजनैतिक हस्तक्षेप भयाे भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । चितवनकाे साैराहामा अायाेजित चाैथाे अधिवेसनमा असन्तुष्त पत्रकारहरूले संस्थाकाे बिधान विपरित एकलाैटी ढंगले पदाधिकारीकाे चयन गरिएकाे भन्दै नाेट अफ डिसेन्ट जारी गरेका छन् ।

संघमा नेकपा सांसदहरुको चलखेल देखियो भन्दै थारू पत्रकार संघ नेपालका महासचिव किशोर चौधरी अाक्राेस व्यक्त गरेका छन् । ‘महाधिवेशन विधानविपरीत भयो। हामीले विधानमा टेकेर चुनाव गरौँ भन्दा नमानेपछि नोट अफ डिसेन्ट लेख्यौँ । महासचिव चौधरीले भने हामीलाई विधान विपरीत र केन्द्रीय कार्य समितिको माइन्युटिङ नै नगरी चुनाव गराएको चित्त बुझेन।’ साथै उनले सबै क्षेत्रका थारू पत्रकारहरलाइ संघले समेट्न नसके असन्तुष्ट पत्रकारहरुले नयाँ संस्था खोल्ने चेतावनी समेत दिएका छन् ।

नयाँ कार्यसमितिमा दाङका सन्तोष दहितलाई अध्यक्ष चुनिए पछि केहि पत्रकार साथीहरू असन्तुष्ट भएका थिए । उनी नेकपा सांसद शान्ता चाैधरीका पिए हुन् ।

संघका महासचिव किशोर चौधरी, कोषाध्‍यक्ष प्रतिमा चौधरीका साथै चार केन्द्रीय सदस्‍यहरु सहदेव चौधरी, कुलदीप चौधरी, लक्ष्मी चौधरी र सीताराम चौधरीसहित ६ जिल्ला शाखाले महाधिवेशन विधानविपरीत गर्न नहुने भन्‍दै ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् । उनीहरुले संघमा नेकपा निकट पत्रकारहरुले महासचिवको आर्थिक प्रतिवेदन केन्द्रीय समितिबाट पास नभएको, कोषाअध्यक्षको प्रतिवेदन पास नभएको र संस्था समेत नवीकरण नभएको आरोप समेत लगाएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…