चितवनबाट विप्लवका छोरा प्रकाश पक्राउ

काठमाडौं / प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ परेका छन् । चितवन मेडिकल कलेज (सीएमसी)मा भइरहेको आन्दोलनको नेतृत्व गरेका प्रकाश सहितका केही विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय चिवतनले नियन्त्रणमा लिएकाे हाे ।

विभिन्न माग राखी आन्दोलन गर्दै आएका प्रकाशले अस्पताल भित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले हालै मात्र उक्त मेडिकल कलेजका सञ्चालक हरिश न्यौपानेलाई झुन्डयाउने चेतावनी समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया

Loading…