राजातन्त्र फर्किदैन् : नेता केसी

उदयपुर / नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले कसैले चाहेर पनि राजतन्त्र नफर्किने बताएका छन् । बिपी कोइरालाको १०६ औं जन्म जयन्ती तथा दोस्रो चरणको जागरण अभियानको क्रममा उदयपुर आएका नेता केसीले पार्टीनिकट नेपाल प्रेस युनियनद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

उनले राजतन्त्रको अवशेष बाँकी रहेको अवस्थामा राजतन्त्र कुनै पनि हालतमा नफर्किने बताए । उनले जनआन्दोलन ०६२÷६३ लाई स्मरण गर्दै जनताले राजतन्त्रलाई सदाका लागि विदा गरेको बताए । उनले संघीयता र लोकतन्त्रमाथि कसैको गिद्धेनजर पर्न नदिने काँग्रेस प्रतिबद्ध रहेको जनाए । संघीयता र लोकतन्त्र नेपाली जनताको महान् संघर्ष र बलिदानीबाट प्राप्त भएको भन्दै नेता केसीले राजतन्त्रको अवशेषलाई नेपाली काँग्रेसले बोक्न नसक्ने बताए । उनले राजतन्त्रको गलत नजर पर्न नदिनेमा कांग्रेस प्रतिबद्ध रहेको दोहोर्याए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुरमा सर्पको टोकाईबाट ४ वर्षिय बालिकाको मृत्यु

उदयपुरमा करेन्ट लागेर ७ वर्षिय बालकको मृत्यु

राजातन्त्र फर्किदैन् : नेता केसी

फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाअधिवेशन सम्पन्न

उदयपुरमा जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

तपाईको प्रतिक्रिया

Loading…