बालकमाथि अप्राकृतिक मैथुन गर्ने पक्राउ

विराटनगर / बालकमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा मोरङको रतुवामाई नगरपालिकाबाट एक पुरुष पक्राउ परेका छन् । १४ वर्षीय बालकलाई शनिबारराति ११ः३० बजे अप्राकृतिक मैथुन गरेको आरोपमा रतुवामाई–७ गडीझारका ४० वर्षीय डिल्लीबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बालकलाई आफ्नै घरमा सुत्न बोलाएर अप्राकृतिक मैथुन गरेको बताए ।

पक्राउ परेका मगरमाथि मुलुकी अपराधसंहिता २०७४ को अप्राकृतिक मैथुन अन्तर्गत अनुसन्धान अघि बढाउन आइतबार अदालतबाट म्याद थप गरिएको उनले बताए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…