मध्यरातमा कस्ले र किन पडकायो सुनसरीका बिद्यालय र कलेजमा बम ?

इटहरी । बिहीबार मध्यरातमा सुनसरीको ईटहरी र धरानमा रहेका कलेज र बिद्यालयमा बम पडकिएपछि बिद्यालय सञ्चालकहरमा त्रास फैलिएको छ ।
सुनसरीको इटहरीसिथत सुष्मा गोदावरी कलेज र धरानको दिल्ली पब्लिक स्कुलमा बम प्रहार भएको हो । इटहरी सुस्मा गोदावरी कलेजको गेटमा बम प्रहार भएको र धरानको दिल्ली पब्लिक स्कुलमा समेत मध्यरातमा बम प्रहार भएको प्रहरीले जनाएको छ । चाडवाड नजिकिए सँगै सर्वसाधरण तथा अन्य स्कुलहरुलाई चन्दाको दायरामा ल्याउँन बम राखेर आतंक मच्चाएको हुन सक्ने प्रहरीको आँकलन रहेको छ ।

यसकारण पडकाईयो बम
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्मा भने बम पड्काएर चन्दा आतंक मच्चाउँने योजनाको साथ शहरको चलेको स्कुलमा विप्लवले बम हानेको बताउँछन । केहि दिन अघि विप्लवको चन्दा उठाउँने एकजना नाईके इटहरीबाट पक्राउ गरे पछि सो समुहले डर देखाउँन स्कुलहरुमा बम प्रहार गरेको उनको भनाई छ ।

विप्लव मोरङका अध्यक्ष पक्राउ
मोरङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मोरङ जिल्ला कमिटी सदस्य तथा विप्लव समर्थित युवा संघ मोरङका अध्यक्ष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुन्दरहरैचा–२ का ३२ वर्षीय रामु मग्राती ‘विपिन’ रहेका छन् । प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनको घरबाट विप्लव समूहका बिभिन्न दस्तावेजहरू समेत बरामद गरेको छ । उनीमाथि गत २०७५ फागुन ३० बेलबारी नगरपालिका–१० पूर्व पश्चिम राजमार्गमा प्रेसर कुकर बम राखेको घटना सम्बन्धमा अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

Loading…