रवि लामिछानेका समर्थकले आन्दोलन चर्काएपछि चितवनमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले भोलि (सोमबार)देखी निषेधाज्ञा जारी गरेको छ । आज राती बसेकाे सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ अन्तर्गत भाेली सोमबार विहान ६ बजेदेखी अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला क्षेत्र भित्र निषेधाज्ञा जारी गरेको हो । प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदा गर्न खोजे कडा कारवाही गरिने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जनाएका छन् ।

प्रशासनले तोकेको चार किला यस्तो छः

पूर्वः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालय चोकदेखी घरेलु कार्यालयको चोकसम्म
पश्चिमः पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखी चौविसकोठी चोकसम्म ।
उत्तरः बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल–पुरानो मेडिकल कलेज जाने चोक–नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म ।
दक्षिणः बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म ।

तपाईको प्रतिक्रिया

Loading…