नियम विपरीत सीमा मिचेर भारतीय स्वागत गेट

इटहरी । नेपाल भारत सम्झौता अनुसार सीमाको दशगजा क्षेत्रमा दुवै मुलुकले स्थायी वा अस्थायी संरचना बनाउन पाउँदैन । तर पूर्वी नेपालको जोगबनी,काँकडभिट्टा पछि बढी सामान आयात हुने छोटी भन्सार समेत भण्टावारीक्षेत्रमा भने भारतले एकपक्षीय रूपले स्वागत गेट बनाएको छ । भारत आउजाउ गर्ने सुनसरीको मात्र हैन पूर्वकै मुख्य नाका भित्रै पर्ने भान्टावारी नाकामा भारतले दशगजा मिचेर गेट बनाएको हो । नेपाल भारत मैत्रीपोखरीमा बाध बनाएर आधिकारिक स्थल सम्बन्ध जोडिएको ठाउँमा भारतले भने सम्झौता विपरीत स्थायी संरचना निर्माण गरेको हो ।

छोटी भन्सार भन्ने बित्तिकै नेपाली सशस्त्र प्रहरीको उपस्थिति पनि बाक्लै हुन्छ । सशस्त्र प्रहरीको सङ्ख्या उल्लेख्य हुँदा समेत नेपालले भने कुनै आवाज उठाउन सकेन । स्थानीय प्रशासनले कुनै कदम नचाल्दा भाण्टावारी स्थित नेपाल भारत सीमाक्षेत्रको दशगजा मिचेरै संरचना बनाउदा पनि सशस्त्र मूकदर्शक बनेको हो । चार महिना अघि मात्र भारतले सशस्त्र प्रहरीको चेकपोस्टको १ सय मिटर छेउमै गेट बनाएको थियो । पक्की संरचनाको गेटमा निलो रातो रङ भित्र सेतो लेखिएको छ ‘भारतमे आपका स्वागत है ।’ स्वागत मात्र हैन दसगजा नै मिचेर भारतले स्थल शुल्क कार्यालयको क्षेत्राधिकार पनि गेट सम्म नै भएको बताउँदै आएको छ ।

वैशाख अन्तिममा बनाएपछि धेरै पटक नेपाल भारतका अधिकारीहरूको विभिन्न बैठकहरू भएका छन् । निरन्तर बैठक हुने भए पनि अहिले सम्म सो गेटको बिसमयमा संयुक्त बैठकमा छलफल हुन् नसकेको बैठक टोलीका एक सदस्य बताउँछन् । ’धेरै पटक बैठक बसिसक्यौ’ सुरक्षा निकायका एक सदस्यले भने ’तर दशगजा मिचिएको विषयमा तपाइले भने जस्तो गेटको बिसमयमा भारतीय समकक्षी समक्ष हाकिमसाब हरूले कुनै सोधपुध गर्नु भएको छैन ।’

गेट मात्र हैन गेटछेउ नेपालपट्टि वीरपुर नगरपञ्चायतले फोहर फाल्ने गरेको छ । सिमसार बाट बनेको खुनियाधार खोलाको छेउमा भारतीय जनताहरूले नेपाल तिरै फोहोर फाल्ने गरेका छन् । डम्पिङ साइडको ठ्याक्कै अगाडि सशस्त्र प्रहरीको सुरक्षा चौकी र भन्सारको युनिट छ । हावा चल्दा कार्यालय सम्मै दुर्गंदा आउने गर्छ । सीमा प्रहरी चौकी र सशस्त्र प्रहरीले भारतीय समकक्षीसँग न फोहोरको विषय उठेका छन् न त संरचना निर्माण कै । ’हामी त सानो पदको मान्छे हाकिम साबहरुलाई त भनेका छौ’ गेटमा डिउटि गर्दै गरेका एक जवानले भने ’ फोहोर फालेकै दिन देखि भनेका हौ,तर अझै भएको छैन।’

 

तपाईको प्रतिक्रिया

Loading…