इटहरीका युवा व्यवसायी विशाल बास्तोला द्वारा विद्यालयलाई शैक्षिक सामाग्री प्रदान

इटहरी / सरकारले शिक्षा क्षेत्रमा धेरै लगानी गरेको भएता पनि कतिपय सार्वजनिक विद्यालय भने ओजेलमा परिरेका छन् । सरकार बाट आएको बजेट सार्वजनिक विद्यालय सम्म आई नपुग्दा विद्यालयको शैक्षिक स्थिति कमजोर भइरहेको छ । सुनसरीको रामधुनि नगरपालिका ४ मा रहेको राम जानकी आधारभूत विद्यालय पनि यस्तै समस्याले पछाडि परिरहेको छ ।

बिद्यालय सञ्चालनक लागि एउटा राम्रो टिम भए पनि शैक्षिक सामग्रीको अभाबमा विद्यालयको गुणस्तर सुधार गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक गोपालराज चौलागाइले बाताउदै आइरहेका छन् । विद्यालय शैक्षिक सामग्रीको अभावमा पछाडि परि रहेका बेला इटहरीका युवा व्यवसायी विशाल बास्तोलाले विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गहेका छन् ।

समाजसेवी समेत रहेका बास्तोलाले एक कार्यक्रमका बिच बिहीबार दुई सेट कम्प्युटर हस्तान्तरण रहेका हुन । क्यान महासघं सुनसरीका पूर्व अध्यक्ष भीम प्रसाद गिरी सँगको सहकार्यमा व्यवसायी बास्तोलाले उक्त शैक्षिक सामग्री प्रदान गरेका हुन । समाज सेवामा निरन्तर लागिरहेका बास्तोला पवित्रम ट्रान्स इकोनेमिकका सञ्चालक समेत हुन ।युवा व्यवसायी बास्तोलाले आगामी दिनमा पनि विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गरे ।

यता सामग्री ग्रहण गर्दै प्रअ चौलागाइले विद्यालयलाई अति अवाश्यक शैक्षिक सामग्री प्रदान गरेकोमा युवा व्यवसायी बास्तोलालाइ धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै प्रअ चौलागाइले व्यक्तिगत रूपमा विद्यालयलाई सहयोग गर्ने बास्तोलाले पहिलो व्यक्ति रहेको समेत जानकारी दिए । त्यसै गरी व्यवसायी बास्तोलाले शैक्षिक सामग्री हस्तान्तरण गरी रहँदा विद्यालयका शिक्षक तथा विद्यार्थी उत्साहित र खुसी देखिन्थे ।

तपाईको प्रतिक्रिया

Loading…