डाँगीहाट क्लब मोरङ पाथीभरा गोल्डकपको सेमिफाईनलमा प्रवेश


ताप्लेजुङ / मोरङको डाँगीहाट क्बल ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । आईतबार भएको प्रतियोगितामा मोरङकै बेलबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै डाँगीहाटले सेमिफाईनलमा आफ्नो स्थान बनाएको हो ।

खेलको ३३ औँ मिनेटमा टिम कप्तान विक्रम लिम्बूले गरेको गोल नै सेमिफाईनल प्रवेशका लागि प्रयाप्त बन्यो । आईतबारको खेलमा म्यान अफ दि म्याच डाँगीहाट क्लबका अरुण लिम्बू घोषित हुनुभएको छ । उहाँले नगद ५ हजार प्राप्त गर्नुभयो । यता आफ्नो टिमका नयाँ खेलाडीले उत्कृष्ट प्रर्दशन गर्दा गर्दै पनि पराजित हुनु परेको बेलबारी फुटबल क्लबका प्रशिक्षक सुनिल पोखरेलले बताउनुभयो ।

सोमबार हुने खेलमा भने एलाभेन एरोज सुनसरी र यु.के.एफ.सि दार्जेलिङ भारतबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणका खेल मंगलबार सकिनेछन् । यस अघि फिदिङ स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै ईलामको रेडहर्ष सेमिफाईनलमा प्रवेश गरेको छ ।

लाखेजात्राका अवसरमा लाखेजात्रा खेल सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको समेत गरि १० टिम सहभागिछन् । प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफि प्रदान गरिने छ । उपबिजेतालाई १ लाख ५१ हजार नगद सहित ट्रफि दिईने छ । विहिबारदेखि सदरमुकाम स्थित भानुजन माविको खेलमैदानमा जारी प्रतियोगिता भदौ ६ गते सकिने छ ।

तपाईको प्रतिक्रिया

Loading…