विप्लवका कार्यकर्ता अदालत छाड्ने, प्रहरी पक्रने

बिर्तामोड / नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै विभिन्न मुद्धामा अदालत पेश गरेपनि अदालतले अभियोग पुष्टि नभएको भन्दै छाड्ने गरेको छ ।

गत चैत २८ गतेको मन्त्रिपरिषदको वैठकले विप्लव समूहलाई प्रतिवन्ध लगाएसंगै झापा प्रहरीले धमाधम विप्लवमा नेता तथा कार्यत्रकर्ता पक्राउ गर्न शरु गरेको थियो । पक्राउ गरेका विप्लवका नेता तथा कार्यकर्तालाई प्रहरीले जिल्ला अदालत झापा वुझाउने गरेको छ । अदालतले अभियोग पुष्टि नभएपछि छाडिएका विप्लवका नेता कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गर्दै इलाम लाने गरेको पाइएको छ ।

यसैक्रममा शनिवार राति विप्लवका पाँच नेता तथा कार्यकर्तालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव समूहका पाँचथर जिल्ला इञ्चार्ज तथा मेची व्यूरो सदस्य २९ वर्षीय राजु दास, ताप्लेजुङ इन्चार्ज ३४ वर्षीय सागर लिम्बू सक्कल, मेची व्यूरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी ५६ वर्षीय गरपति पौडेल, ताप्लेजुङ जिल्ला कमिटी सदस्य ३६ वर्षीय यम योगेश लिम्बू र जनमुक्ति मोर्चाको केन्द्रीय सदस्य अखिल क्रान्तिकारी मेची कोशी संयोजक २४ वर्षय सन्देश भनिने गणेशकार्की डोली रहेका छन् । उनीहरुलाई दमकस्थित न्यू कञ्चन होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस अघि प्रहरीले झापाबाट विप्लवका १७ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी पुनः अदालत पेस गर्ने गरेको छ । अदालतले कुनै सवुत प्राप्त नभएको भन्दै विप्लवका नेता तथा कार्यकर्तालाई छोड्ने गरेपनि अन्य विभिन्न अभियोगमा अर्काे जिल्लामा पठाउँदै आएको खुलेको छ ।

अदालत भित्र कसैलाई पनि पक्राउ गर्न नपाउने भएपछि प्रहरी अदालतको गेटमा नै विप्लवका कार्यकर्ता पक्राउ गर्न ढुकेर बस्ने गरेको विप्लवका नेता तथा कार्यकर्ताले गुनासो गरेका छन् । उनीहरु भन्छन्– प्रहरीले पक्राउ गर्छ , अभियोग पुष्टि हुँदैन अदालतले छाड्छ तर प्रहरीले दु?ख दिन छाड्दैन । एक ठाउँमा पक्राउ गरेका कार्यकर्तालाई १ नम्वर प्रदेशका सवै जसो जिल्लामा पु¥याउने गरेको उनीहरुको गुनासो छ । पक्राउ परेका कार्यकर्तालाई प्रहरीले यातना समेत दिने गरेको बताइएको छ ।

उनीहरुलाई प्रहरीले चरम यातना दिएर सो समूहको कुनै पनि जिम्मेवारीमा नरहने भन्दै विज्ञप्ति निकाल्न लगाएपनि प्रहरीले आत्म समपर्ण गरेको कागजातमा सही छाप गर्न लगाएर छाड्ने गरेको खुलेको छ ।

तपाईको प्रतिक्रिया

Loading…