पत्रकार रवि लामिछाने पक्राउ

काठमाडौं । पत्रकार रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले  पक्राउ गरेको छ । रवि लामिछाने र युवराज कँडेललाई प्रहरीले न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

लामिछाने र कँडेललाई केही दिनअघि आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनीघटनाका बारेमा अनुसन्धान गर्न लिइएको जनाइएकाे छ । पत्रकार पुडासैनीले आत्महत्या  गर्नुअघि लामिछानेकै कारण जीवन त्याग गर्नुपरेको भिडियो रेकर्ड सार्वजनिक गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

Loading…