पत्रकार पुडासैनी मर्नुअघिकाे भिडियाे सार्बजनिक भए सँगै नयाँ तरङ्ग, रबिकाे आयो यस्ताे प्रतिक्रिया

काठमाडौँ / पत्रकार शालिकराम पुडासैनी मर्नुअघिकाे भिडियाे सार्बजनिक भएकाे छ । भिडियाेमा पत्रकार रबि लामिछानेका कारण मर्न बाध्य भएकाे पुडासैनीले भनेका छन् । रवि लामिछानेले मर्न बाध्य बनाएकाे र लामिछानेले ठूला व्यापारी, बालुवाका ठेकेदारसँग पैसालिन्छ भन्ने थाहा भएपछि उनले आत्महत्याका लागि बाध्य बनाएकाे पुडासैनीले भनेका छ । यस्ताे भिडियाे सार्बजनिक भए सँगै पत्रकार शालिकरामकाे मृत्यु प्रकरणले नयाँ माेड लिएकाे छ ।

यसैबिच पत्रकार रवि लामिछानेले आफूमाथि लगाएका आरोप सुन्दा शालिकरामलाई ठूलो भ्रम परेको प्रतिक्रिया दिएका छन् । ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस् । थप जानकारी केही समयमा गराउने छु । सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठूलो भ्रम परेछ’, लामिछानेले फेसबुकमा लेखेका छन् ।

यस्तै केहीले सार्बजनिक भएकाे भिडियाे दबावमा बनाउन लागएकाे प्रतिक्रिया समाजिक सञ्जालका राखेका छन् । भने केहिले रबि लामिछानेलाइ फसाउने खेल भइरहेकाे र रबि निर्दाेष भएकाे बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…