कतारमा नेपालीमाथि सांघातिक आक्रमण, १ जनको मृत्यु , ५ घाइते

दोहा । कतारमा भएको झगडामा १ नेपालीको मृत्यु भएको भएको छ । बंगलादेशको नागरिक र नेपाली बिच भएको झगडा नेपालीको पर्स खोस्ने क्रममा विवाद सुरु भएको बारेमा जानकारीमा आएको छ । विवाद चर्किदै गएपछि बंगलादेशका नागरिकहरुको समूह मिलेर ५ जना नेपाली माथि सांघातिक हमला गरेको जनाईएको छ । कतारको जेद्धा टावरमा सो घटना भएको हो ।

हातहतियार सहितको बंगलादेशका नागरिकहरुको आाक्रमणमा परी सुनसरी जिल्ला हरिनगर गाउँपािलका घुस्की भन्ने स्थानका तबरेज अन्सारीको घटनास्थलमै मृत्यु भएको थियो । घाइते हुनेहरुमा उमर अन्सारी,इब्राहिम अन्सारी र नैसाद अन्सारी खतरामुक्त रहेको तथा घाइते मध्ये उमर अन्सारीको अवस्था गम्भिर रहेको कतार स्थित नेपाली दुताबासले जनाएको छ ।

घाइते अन्य दुई जना अकबर मिया र महसुद अन्सारी भने उपचारपछि दुताबासको पहलमा आफनो कम्पनी फर्किएका छन् । घटना बारे कतार प्रहरीले अनुसन्धान गरिरहेको दुताबासले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…