नेकपा सुनसरीमा चरम असन्तुष्टि, शाही सेनाको भन्दा बढी यातना दिएकाे मैनालिकाे आराेप

सुनसरी । नेकपा सुनसरीमा चरम असन्तुष्टि बढ्दै गएको छ । पार्टी एकताको क्रममा क्षमतावान र निष्ठावान कार्यकर्तालाइ भन्दा पनि गुट र उपगुटका आधारमा सदस्यता दिइएको भन्दै नेता कार्यकता आरोप प्रत्यारोपमा नै उत्रिएका छन् ।

तत्कालिन नेकपा माओवादीका नेता नवारज मैनालीले पार्टीलाई योगदान गर्नेलाइ भन्दा पनि पार्टीमा आफ्नो कब्जा जमाउने गरि जिल्ला र नगर कमिटि गठन गरेको आरोप लगाए । पार्टीलाई गरेको योगदानको स्मरण गर्दै मैनालीले पार्टीका केही नेताले आफ्नो स्वार्थका लागि पार्टीमा गरेको योगदानको अपमान र शोषण गरेको आरोप लगाए ।

नेकपा केन्द्रिय सदस्य निर्मल बराल र इटहरी नगर कमिटी अध्यक्ष ज्वाला तामाङले परिवारिक सम्बन्धको प्रयोग गरेर राजनीतिक भबिष्य सकिदिएको मैनालीको आरोप रहेको छ । बरालकै कारण आफुलाइ पार्टीले कुनै तहमा नराखेको भन्दै मैनालीले आक्रोस व्याक्त गरे । रेवती भण्डारी, लिलम बस्नेत र आफुलाइ पार्टीबाट बाहिर राख्ने र द्वारिकलाल चौधरीलाइ सिध्याउने खेल आन्तरिक पार्टीबाट नै भएको उनले बताए ।

एकतामा असन्तुष्ट रहेका मैनालीले बराल र तामाङले अफ्नो राजनीतिक इतिहास सक्न लागेको भन्दै आक्रोसित भए । तत्कालिन समयमा शाही नेपाली सेनाले जिउदै पुरेर दिएको यातना भन्दा अहिले पार्टीले दिएको यातनाले धेरै पिडा भएको उनले बताए । कुन गल्तिको कारण यसरी यातना दिएको भन्दै मैनालीले गल्ति देखाउन नेताहरूलाई चुनौति समेत दिए ।

तपाईको प्रतिक्रिया

Loading…