मैत्रीपूर्ण फुटसल खेलमा मन्त्री पुनले हराए कुलमानको टोलीलाइ, पुन आफैले गरे २ गोल

काठमाडौं / नेपाल विद्युत् प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसमा आईतबार आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनको टोलीले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको टोलीलाई पराजित गरेको छ ।

प्रतियोगितामा मन्त्रीको टोलीले घिसिङको टोलीलाइ ३–० गोल अन्तरले पराजित गरेको हो । मन्त्रालयका तर्फबाट ऊर्जामन्त्री आँफैले २ गोल गरे भने उनका स्वकीय सचिव दुर्गा चापागाईंले १ गोल गरे । २० मिनेट खेलाइएको खेलमा घिसिङको टाेली कुनै गोल गर्न सकेन ।

भृकुटीमण्डपस्थित फुटसल मैदानमा आईतबार बिहान सन्चालित प्रतियोगितामा मन्त्रालयका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र प्राधिकरणका तर्फबाट निर्देशक कुलमान घिसिङको नेतृत्वको टोली सहभागी थियो ।

तपाईको प्रतिक्रिया

Loading…