नेपालले टि–ट्वान्टी क्रिकेट खेल्ने

नेपालले ओमानमापाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । ओमानक्रिकेट सङ्घले आगामीअसोज १८ देखि २३ गतेसम्म सञ्चालनगर्ने उक्तप्रतियोगितामा नेपालसँगै आयोजकओमान, हङकङ, नेदरल्याण्ड र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले असोज १९ गते हङकङसँग पहिलो खेल खेल्नेछ । यस्तै असोज २० गते नेदरल्याण्डसँग, असोज २२ गते आयरल्याण्डसँग तथाअसोज २३ गते आयोजकओमानसँग खेल्नेछ ।उक्तप्रतियोगितालाई विश्वकप छनोटको अभ्यास खेलका रुपमा हेरिएको छ । ओमानक्रिकेट सङ्घले पहिले नै आयोजनागर्ने भनेर तय गरेपनिनेपालले विश्वकप छनोटको यात्रा तय गर्न नसकेपछि खेल्ने कीनखेल्ने भन्ने अन्योलताथियो ।

आइसीसीले उक्तप्रतियोगिताखेल्न अनुमतीदिएपछि नेपालले खेल्ने पक्काभएको हो ।नेपालक्रिकेट सङ्घ (क्यान) आइसीसीको निलम्बनमा परेको छ । नेपालले अन्तर्राष्ट्रियस्तरमासहभागिताजनाउने सबै प्रतियोगिताआइसीसीको रेखदेखमाहुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…