क्लासिकटेककाे १० औ वार्षिकउत्सबको अवसरमा बिराटनगरमा बृक्षारोपण कार्यक्रम सम्पन्न (तस्विरहरू सहित)

बिराटनगर / १० औ वार्षिकउत्सबको अवसरमा क्लासिकटेकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बिराटनगरको तिनपैनी चौकबाट सुरु भएको
उक्त कार्यक्रम नेता चौकमा गएर सम्पन्न भएकाे थियो। कार्यक्रममा बिराटनगरका मेयर भीम पराजुली, वाड नं १ को वडाध्यक्ष उध्दव अर्याल, क्लासिक टेक क्षेत्रीय प्रबन्धक भूपाल कार्की लगायतहरूकाे उपस्थिति रहेको थियो ।

क्लासिकटेक नेपालमा इन्टरनेट सेवा सुरु गरेको दशौ बार्षिक उत्सवकोे उपलक्ष्यमा क्लासिक टेक प्रा. लि. ले गत साता ४७१ रुपैयाँमा प्रति महिनाको दरमा ५० एमविपीएस स्पीडको सेवा समेत बजारमा ल्याएको थियो । उक्त याेजना अन्र्तगत एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्ध गराउने भएको क्षेत्रीय प्रबन्धक कार्कीले बताएका छन् ।

विश्वकै उत्कृष्ट जीपीओन प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै यस संस्थाले नेपालको विभिन्न मुख्य सहरहरुमा सेवा उपलब्ध गराईसकेको छ भने नेपालको ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरेको क्लासिक टेक २१ वटा भन्दा बढी शाखाको स्थापना गरि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…