छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

तेह्रथुम / जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथरलाई खेलकुद क्षेत्रमा नयाँ आयाम सुरुवात गर्न पहल सुरु भएको जनाईएको छ । परम्परादेखी लाग्दै आएको ऐतिहाँसिक भदौ पुर्णीमा मेलालाई सभ्य र भब्य रुपमा सञ्चालन गर्नका आयोजित सर्बपक्षीय भेलामा सहभागीहरुले यस्तो जनाएका हुन । छथरमा खेलकुदलाई नयाँ तरीकाले नयाँ आयाम दिन सकियो भने पुस्ता हस्तान्तरण हुँदै जाने भेलाका प्रमुख अतिथी छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो । मेला सञ्चालनका लागी कुनैपनी अभाब हुन नदिन सबैपक्ष कृयासिल हुन समेत अध्यक्ष तिगेलाले आग्रह गर्नु भयो ।

“खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलालाई शान्तीुर्ण रुपमा सञ्चालनका लागी शुरक्षा ब्याबश्था प्रभावकारी बनाईने,मेलामा सञ्चालन हुने खेलहरुलाई ब्याबश्थीत गराउने मेलामा सहभागी खेलाडीहरुलाई ब्याबश्थीत गराउने र मेलालाई सम्पन्न गराउन बजार क्षेत्रमा रहेका टोल बिकास समितीहरुलाई कृयासिल बनाउने लगायतको भेलाले निणर्य गरेको छथर खेलकुद बिकास समितीका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । छथरलाई खेलकुद क्षेत्रबाट पर्यटन बिकास गर्ने उदेश्यका साथ खेलकुद पर्यटन मेलाको आयोजना गर्न लागीएको अयोजकले जनाएको छ ।

छथर गाउँपालिकाको आर्थीक सहयोग तथा रत्नदेबी युवा सेवा समाज छथर सुक्रबारे र छथर खेलकुद बिकास समितीको अयोजनामा मेला आयोजना हुने भएको हो । मेलाको अबसरमा स्थानीय तह स्तरीय दोश्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कप भलिबल प्रगियोगिताका साथै बिभीन्न खेलकुद प्रतियोगिता हुुने भएको समाजका सचिव सन्तोष सुबेदीले बताउनु भयो ।

प्रतियोगिता यही श्रावण ३१ गतेबाट सुरु हुनेछ भने सांस्कृतिक तथा सांगितीक कार्यक्रम साउन ३० गतेदेखी हुने भएको छ । त्यस्तै पुरुष फुटबल प्रतियोगिता र ब्याडमिन्टन प्रतियोगिता लगायतका खेलहरु हुने भएका छन । प्रतियोगितामा पुर्बका बिभीन्न जिल्लाका स्थानीय तहरुको सहभागीता रहने भएको छ । भेलामा जनप्रतिनिधी,शुरक्षाकर्मी,बुद्धिजीबि,नागरिक समाज,पत्रकार,टोलबिकास समितीका पदाअधिकारी,होटल ब्याबशायी,समाजसेवी लगायतको सहभागीता रहेको थियो । यहाँ पर्यटकहरुले पछथरका पर्यटकीय गन्तब्यहरु मार्गपोखरी,साततले धाम,चाङलुङ गुफा,ताक्लुङ गढी,हाङमालुङ,सेप्माङलुङ,चाङसिङ गढी,बराह मन्दिर पञ्चकन्या ,योमुई चाम्खासिङ यक, थाक्चोलुङ मन्दिर लगायतका स्थानहरुको दृष्यालोकन गर्न सक्ने आयोजकले जनाएको छ ।

छथर भ्यु पार्क बालउद्यन शहिद स्मृती पार्कको साथमा छथरकै पर्यटकीय गन्तब्य सौरेनी डाडाको काखमा रमाउन सकिनेछ । छथरलाई खेल पर्यटनको रुपमा बिकास गर्न स्थानीय तहका साथै यस क्षेत्रमा रहेका सामाजिक संस्थाहरु बिगतका बर्षहरुबाटै क्रृयासिल रहदै आएको छथर गाउँपालिकाका प्रबक्ता राजन नेपालीले बताएका छन ।

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

‘ब्लु सिटी’ को रुपमा बिकास हुँदै छथर

सिसेक्वा ताङनाम र लिम्बु समुदाय

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

सुक्रबारे बजार अनुगमनमा म्याद गुज्रेका औषधी र खाद्य सामाग्री नष्ट

राष्ट्रपति रनिङ शिल्ड लालीगुराँस नगरपालिकाको पोल्टामा

जेष्ठ नागरिकलाई घरैमा उपचार, गाउँपालिका साथी लौरो उपहार

श्रमिक भन्छन् “दिवसले पेट भरिन्दैन”

तपाईको प्रतिक्रिया

Loading…