नेपालले मलेसियालाई हरायो, ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै

काठमाडौं / नेपालले टी-२० विश्वकप छनोटको एसिया फाइनलमा मलेसियालाई ७ विकेटले हराएको छ । ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक सँगै नेपालले पहिलो जित हात पारेको हाे । वर्षाका कारण ९ ओभरमा छोट्इएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहे । यो जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ । यसकालागि कतारसँग अप्रत्यासित हार व्यहोरेको नेपालले बाँकी खेल भने जित्नुपर्छ ।

तपाईको प्रतिक्रिया

Loading…