‘ब्लु सिटी’ को रुपमा बिकास हुँदै छथर

तेह्रथुम / छथर गाउँपालिकाको केन्द्र पुग्ने जो कोही सेल्फी लिन आतुर हुन थालेका छन । गाउँपालिकाको केन्द्र सुक्रबारे बजारमा रहेका सबै घरहरु रंगाए पछी यहाँ भित्रीने आन्तरिक तथा बाह्य पर्यटकहरुको मन तान्न थालेको छ । पछिल्लो समय जिल्लाको पश्चिमी क्षेत्रका रहेको यो गाउँपालिका जिल्लाकै पहिलो ‘ब्लु सिटी’को रुपमा चिनीन थालेको छ । झट्दै हेर्दा निलो रंगले रंगिएका सयौ घरहरु पाउँदा मनै फुरुङ बनेर आउँने गर्दछ ।

सबै घरहरु निलो रंगले रंगाए पश्चात बजारलाई सफा,स्वस्च्छ र सुन्दर बनाएर ब्याबश्थीत बजारको रुपमा बिकास गर्न गाउँपालिकाले बजेट नै छुट्याएर काम गरेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । अझै पनी नागरिकहरुमा धनी गरीबको मानसिकता हट्न सकेको छैन । यो मानसिकतालाई अन्त्य गरी धनी गरीबको समानता दिन साथै बजारलाई नमुनाको रुपमा बिकास गर्ने उदेश्यका साथ एकै रंगको छाना बनाउने काम भएको छ ।

बजार क्षेत्रमा रहेका पुराना जस्ताका छानाहरुलाई निलो रंगले रंगाए पछी बजारको मुहार नै फेरीन थालेको छ । कृषी,शिक्षा,स्वास्थ्य,पर्यटन र पुर्बाधार समृद्ध छथर निमार्णको आधार भन्ने मुल नाराका साथ गाउँपालिकाको पहिचान दिने उदेश्यका कार्यक्रम अघी सारेको जनाएको छ । आफ्नो सुन्दरता नै गुमाई सकेको कुरुप झै देखीएको केन्द्रको मुहार नै फेरीएको छ । बजार क्षेत्रका साथै गाउँ गाउँहरुमा अकबरेको पकेट क्षेत्रको रुपमा चिनाउने रंगको रुपमा घरको बार्दलीलाई रंगाउने काम भई रहेको गाउँपालिकाले जनाएको छ । आउने दशै सम्म बजार क्षेत्रका सबै घरहरुमा एकै रंग बनाई सक्ने तयारी भई रहेको गाउँपालिकाका प्रबक्ता राजन नेपालीले बताए ।

बजार क्षेत्रमा रहेका २ सय ३२ घरधुरीमा निलो रंग रगाइएको शहरी रंग रोकन समितीका सचिव लोकेन्द्र पहाङगोले बताए । गाउँपालिकाले आर्थीक बर्ष २०७४÷७५ मा १० लाख र आ.ब.२०७५÷७६ मा १० लाख र जनश्रमदान १ लाख ६० हजार ७४ गरी कुल २१ लाख ६०हजार ७४ बराबरको रकमले रंगाईएको हो । बजार क्षेत्रमा अब निमार्ण हुने घरहरुलाई अनिबार्य रुपमा निलो रंगको छाना र अकबरेको रंग भएको बार्दलीमा रंगाउनु पर्ने भएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

‘ब्लु सिटी’ को रुपमा बिकास हुँदै छथर

सिसेक्वा ताङनाम र लिम्बु समुदाय

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

सुक्रबारे बजार अनुगमनमा म्याद गुज्रेका औषधी र खाद्य सामाग्री नष्ट

राष्ट्रपति रनिङ शिल्ड लालीगुराँस नगरपालिकाको पोल्टामा

जेष्ठ नागरिकलाई घरैमा उपचार, गाउँपालिका साथी लौरो उपहार

श्रमिक भन्छन् “दिवसले पेट भरिन्दैन”

तपाईको प्रतिक्रिया

Loading…