इटहरी बन्द गराउँदै हिड्ने जनजाति महासंघका दर्जनौ नेता कार्यकर्ता पक्राउ ( तस्विरहरू सहित )

इटहरी / नेपाल आदिबासी जनजाति महासंघका दर्जनौ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ । जनजाति महासंघले प्रदेश १ बन्दका क्रममा इटहरी बजार बन्द गराउदै हिंड्ने दर्जनौ पर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको हाे । प्रहरीले कार्यकर्तालाई पक्राउ गर्दै गएपछी आदिबासिको बन्द भने प्रभावित बनेकाे छ । परिवर्तनबाट स्थापित सकारात्मक विभेद (आरक्षण) लाई निस्तेज पार्ने नियतले आएको विज्ञापनको विरोधमा निस्किएको आदिवासी जनजाती महांसघ प्रदेश नं १ ले बन्दको कार्यक्रम आयोजना गरेको थियो । जनजाति महासंघ सुनसरी अध्यक्ष राम राई सहित दर्जनौ आदिवासिका नेता कार्यकर्तालाई बिहान मनशान्त होटलबाट निकालिएको र्यालीबाट प्रहरीले पक्राउ परेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…