पथरीमा दुर्घटना अपडेट : दुर्घटनामा मृत्यु हुनेकाे संख्या २ पुग्याे, ३० घाइते (थप तस्विरहरू सहित)

पथरी । मोरङको पथरीशनिश्चरे १० मा बिहिबार बिहान बस र पिकअप आपसमा ठोक्किदा २ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक कानेपोखरी ३ का ३१ बर्षीय टिकाराम थापा र अर्का एक जनाको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । अनुहारमा गम्भीर चोट लागेका कारण एक जनाको पहिचान भएको छैन् ।

एकजनाको घटनास्थलमै र अर्काको नोवेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । विहान ९.१० बजेको समयमा कानेपोखरीको विहीवारेबाट यात्रु लिएर पूर्वतर्फ जाँदै गरेको को.१ ख ४८४२ नम्वरको बस र पथरी बजारको सब्जी बजारबाट पूर्वपश्चिम सडकतर्फ निस्किएको मे.१ च ५३९१ नम्वरको पिकअप आपसमा ठक्कर खाँदा कारुणिक अवस्था सिर्जना भएको थियो ।

रफ्तारमा रहेका बस र पिकअप ठोक्किदा बस सडकमा पल्टिएको थियो । बस र पिकअपको अगाडीको भाग पूर्णरुपमा कुच्चिएको छ । वसका सवै सिसाहरु फुटेको र अगाडीको चक्का समेत निस्किएको छ । घाइतेहरुलाई तत्काल पथरी हस्पिटल र मोरङ हस्पिटल पुर्याइएको थियो । पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिहरुले समेत तत्काल घाइतेहरुको उद्धार गर्दै उपचारमा पहल गरेका थिए । कानेपोखरी ४ का टीकाराम थापा, कानेपोखरी नारायण चोककी खिलमाया लिम्बू, कानेपोखरी ३ का मित्र दहालका छोरा नाम नखुलेका व्यक्ति सहित १० जनालाई नोवेल र न्यूरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

२ जना सख्त घाइते रहेको उल्लेख छ । कानेपोखरी ३ की तारा लिम्बू र अविगेस राई, कानेपोखरी ५ की कविसा दहाल, कानेपोखरी ४ का सरण राई र नगेन्द्र कार्की, पथरीशनिश्चरे ५ की सीता खतिवडाको पथरीस्थित मोरङ हस्पिटलमा उपचार भइरहेको छ । झापा हल्दिवारीका टेकबहादुर भुसाल, विर्तामोडका अविशेक कार्की, श्याम कार्की, विर्तामोड ४ का जीवन बराइली, उर्लावारी ५ की इन्द्रमाया गुरुंग, डीवी माझी, ठेगाना नखुलेका होमबहादुर कटुवाल, प्रविना भट्टराई, सुकदेव धिमाल, प्रेमबहादुर कार्की, निर्मला गिरी सहित घाइते रहेको पथरी अस्पतालबाट जानकारी प्राप्त भएको छ ।

याे पनि पढ्नुहाेस्

अपडेट : पथरी दुर्घटनाका मृतक तथा घाईतेहरूको नामावली सार्वजनिक

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…