सिसेक्वा ताङनाम र लिम्बु समुदाय

तेह्रथुम / नेपालमा बसोबास गर्ने बिभीन्न समुदायहरुको आ आफ्नै भाषा,कला,संस्कृती चाडपर्वहरु मनाउने परम्परा छ । बिभीन्न भाषा,कला संस्कृतीले भरीपुर्ण नेपालमा बसोबास गने लिम्बु समुदायको पनी छुट्टै मौलिक पर्बहरु मनाउने गरेका पाईन्छ । यी समुदायको मौलिक पर्वहरु मध्ये सिसेक्वा ताङनाम पनी एक पर्व हो । हरेक बर्षको श्रावण १ गते यी समुदायहरुले मनाउने गर्छन् ।

यो पर्ब प्रायजसो सबै नेपालीहरुले मान्ने गरे ता पनी यी समुदायले बिषेश गरेर मौलिक पर्बको रुपमा मनाउने गरेको पाईन्छ । हरेक बर्षको श्रावण १ गते साउने सग्रान्तीको दिन आम नेपालीहरुले लुतो फाल्ने दिनको रुपमा लिए पनि लिम्बु समुदाय पर्बको महत्व भने छुट्टै रहेको लिम्बु समुदायका मुन्धुम बिदहरुले बताउने गरेका छन । लिम्बु समुदायमा श्रावण १ गते अर्थात सिसेक्वा ताङनाम साउने सग्रान्तीका दिन घर वरीपरी तथा खेतबारीमा रहेका अन्नबाली तथा फलफुलहरु संकलन गरी हरीयो बाबियोमा लहरै सिउराएर घरको मुल ढोकामा झुन्ड्याउने गरेको छन ।

बेलुकीपख साँझ परेपछी घरमा मिठो मसिनो सबै परिवार मिलेर खानपिन गरी सके पछि वरपर सबैतिर एकाक्सी बन्दुकहरु पडकाउने, थाल, झ्याम्टा,नाङलो र ढोलहरु बजाउने गरेका छन । साथै प्रत्येक घरको मुल खाँबाबाट बच्चादेखी युबा युबातीहरु बुढापाकाहरुको निर्दैसनमा घरवरीपरी घुम्दै खराब बस्तुलाई हटाउँदै “अनिकाल जाउ साहाकाल आउ” भन्दै घरदेखी केही पर सम्म सामाग्री बजाउँदै रमाईलेको साथमा यो पर्व मनाउने गरेका छन ।

खेती गर्ने समयमा यी समुदायले आफुले कमाई गरेको अन्नबाली तथा लगाएको फलफुल खेती सुष्टीकर्तालाई हावा पानी असिनाले क्षती नगरोस नभनेर पुजेको हुनाले अन्नबाली तथा फलफुलहरु फल लागे पछी पुन पञ्च प्रकृतीको रुपमा चढाउने गरेको मुन्धुमबिद ज्ञानु फुरुम्बोले बताउँछन । सिसेक्वा ताङनामको पुर्बी नेपाल काठमाडौका साथै बिश्वका बिभीन्न मुलुकमा बसोबास गर्दै आएका लिम्बुले मनाउने गरेका छन । लिम्बु समुदायले सिसेक्वा तङनाम सँगै चासोक,कक्फेक्वा,याक्वा तङनाम लगायतका पर्बहरुलाई मौलिक पर्बको रुपमा मनाउने गरेको पाईन्छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

तेह्रथुमे जनताको निम्ती शान्ती र सुशासनमा दलगत स्वार्थ छैन : पुर्ब राज्यमन्त्री सिता गुरुङ

अलैची भित्र्याउन किसानलाई चटारो

पाक्न लागको अन्नबाली बाँदरले सखाप पारेपछी किसान चिन्तीत

दोश्रो छथर रनिङ कप : भोजपुर र धनकुटा उपाधीका लागी भिड्ने

छथरमा खेलकुद क्षेत्रबाट नयाँ आयामको सुरुवात

अबरुद्ध सडक खुलाउन जुटे तेह्रथुमका जनप्रतिनिधी एवं स्थानीय

‘ब्लु सिटी’ को रुपमा बिकास हुँदै छथर

सिसेक्वा ताङनाम र लिम्बु समुदाय

वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई घरैमा पुगेर सम्मान

गाउँपालिकालाई बालमैत्री बनाउन वडा वडामा कार्यक्रम

तपाईको प्रतिक्रिया

Loading…