रन–वेमै चिप्लियो यती एयरको विमान, दुई घाइते, विमानस्थल बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यती एयरको विमान धावनमार्गबाट चिप्लिएको छ । यतीको एटीआर ७२ विमान अवतरणको क्रममा शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । विमान चिप्लिएपछि सबै उडान तथा अवतण अनिश्चित कालका लागि बन्द गरिएको छ ।

विमान चिप्लिएर ट्याक्सी वेमा पुगेको छ । सो विमान नेपालगञ्जबाट आएको हो । जहाजका अरु यात्री सकुशल भए पनि दुई यात्रु घाइते भएको बताइएको छ । अन्य सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ । जहाजभित्र चालक दलका सदस्यसहित ७० जना थिए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…